Aamsanchar

झापामा जुवा खेलिरहेका ९ जना पक्राउ

Author Image
मङ्गलवार, चैत २४, २०७७

झापा-  झापाको गौरादहमा जुवा खेलिरहेका ९ जना पक्राउ परेका छन्। गौरादह नगरपालिका ३ बस्ने भक्तबहादुर बर्देवाको घरमा जुवा (कौडा) खेलिरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले नगद ६९ हजार ४ सय २० रुपैयाँ, १६ थान कौडासहित उनीहरूलाई पक्राउ गरेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

पक्राउ पर्नेमा घरधनी ४६ वर्षीय भक्तबहादुर बर्देवा, गौरादह-२ बस्ने ३२ वर्षीय निर्मल थापा, गौरादह(३ बस्ने ३५ वर्षीय अङ्कित कार्की, सोही ठाउँका ३८ वर्षीय सुरेश भण्डारी, ४६ वर्षीय गौरादह ४ बस्ने ३६ वर्षीय मोहन खरेल, कनकाई नगरपालिका-३ बस्ने ४० वर्षीय रामप्रसाद खतिवडा, सोही ठाउँका ४२ वर्षीय ईश्वर खतिवडा, कनकाई ७ बस्ने ४६ वर्षीय विष्णुप्रसाद उप्रेती र दमक नगरपालिका ७ बस्ने ३८ वर्षीय निरबहादुर सुनुवार रहेको डिएसपी थापाले बताए। पक्राउ परेका उनीहरूलाई आवश्यक कारबाही लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जनाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 266

प्रतिक्रिया (०)

सम्बन्धित खबर