Aamsanchar

 अझै पनि भात खोजेरै खाने झापा विद्रोहका नेता 

Author Image
मङ्गलवार, कार्तिक २, २०७३

नेपाली बाम आन्दोलनको उर्वर भुमीमा चिनिन्छ झापा जिल्ला । मुख्य गरि २०२८ सालमा वाम पन्थीह?ले उठाएको तत्कालिन पञ्चायती शासकह?का वि?द्धको टाउको कटुवा आन्दोलन (झापा विद्रोह ) नेपाली वाम आन्दोलनको एउटा ऐतिहासिक र महत्वपुर्ण आन्दोलन हो । यही आन्दोलनका अगुवाई कर्ताह? पाँच जनालाई जेल स?वाको बहानामा तत्कालिन शासकह?ले सुखानी जंगलमा लगेर हत्या गरे । कोही झापाबाट काठमाडौंको नक्खु जेल स?वा गरिए । झापा आन्दोलन यसकारण पनि बढी चर्चामा रह्यो कि नक्खु जेलबाट सु?ङ खनेर आन्दोलनकारीह?ले जेल ब्रेक गरे ।।

त्यसताका नेपाली वाम राजनीतिका चर्चित नामह? अहिले पनि चर्चामा छन् । त्यसो त  प्रधानमन्त्री केपी शर्मा ओली स्वयम् ति नाम मध्येका सबैभन्दा उच्च पदमा पुगेका सफल राजनीतिज्ञ हुन् । यही राजनीतिक घट्नाको पेरिफेरी अर्थात त्यही आन्दोलनमा त्यसताकाका चर्चित तर अहिले गुमनाम बनेको नाम हो  हर्क खड्का ।  २०२४ सालमा स्व. मनमोहन अधिकारी झापा आउँदा विर्तामोडमा खडकासंग पनि भेट भएको थियो । तत्कालिन बाम राजनीतिलाई कसरी अघि बढाउने र सर्वहाराको मुक्तिको आन्दोलनलाई कसरी सार्थक बनाउने भन्ने बारे स्वर्गिय अधिकारीसंग पनि छलफल गरेका थिए खड्काले ।

लामो राजनीतिक इतिहास बोकेका खड्काको जिवन अहिले जोकोहीले देख्दा टिठ लाग्दो छ । झापाको घेराबारी र विर्तामोड दुवै ठाउँ बरोबर बसोबास गर्ने गरेका खड्काले भद्रपुर विमानस्थल परिसरमा भएको कुराकानीमा वास्तविकता ओकल्दै भने – अहिले पनि भात खोजेरै खाने गरेको छु ।   कहिले साथीभाई कहिले आफन्त नातागोता । उमेर पाक्यो शाखा सन्तान पनि छन् तर सधैं उनीह?लाई मात्रै के भनिराख्नु भन्ने लाग्छ आफ्नै ढंगले जता जान्छु उतै शरण परेर   छाक टार्छु ।

को हुन हर्क ? 
विसं २००४ सालमा तेह्रथुमको तत्कालिन सिम्ले गाविस वडा नं ५ मा बुबा रत्नबहादुर र आमा देवीमायाको कोखबाट हर्क खड्काको जन्म भएको हो । खेती किसानी परिवारमा जन्मिएका खड्काको सानैदेखी छुट्टै किसिमको आफ्नै पन थियो । केही कुरामा चित्त नबुझे असन्तुष्टि राखी हाल्ने त्यसको प्रतिवाद गर्ने अर्थात विद्रोहका लागि तयार भइहाल्ने । बाल्यपन सम्झिदै खड्का भन्छन – गाउँमा एक जना श्याम भन्ने सुर्य कन्दङवा थिए अहिले छैनन मरि सके । उनी सिनियर नै थिए उमेरमा । उनैसंगको उठबसले मलाई कहिले विद्रोही बनाएछ बनाएछ पत्तै भएन ।

२०१५ साल तिर उनको परिवार गरामनी बसाइँ सर्यो । स्कुल पढ्ने उमेर ढल्कीसकेका खड्कालाई स्कुल पढाउन नसक्ने परिवारचाहिं होइन त्यसबेलको उनको परिवार । दुई अढाई सय विगाहा जग्गा थियो – विगतको पारिवारिक अवस्थाबारे थोरै बताए उनले । तर सानो सानो कुरामा पनि स्कुलमा मतमतान्तर हुने , अलि विद्रोही स्वभाव आदी आदी कारणले हर्कले पढाईमा दुई चार महिना भन्दा धेरै ध्यान लगाउनै सकेनन् । ।


झापा र भारतको नक्सालबाढी, नडियाबारी   त्यहीबेला पनि उत्ती टाढाको दुरी मानिदैन थियो । त्यो बेला यहाँका राजवशींह?को प्राय पारितिर एक किसिमको पारिवारिक सम्बन्धनै थियो । यता र उताको बिचमा नातागोता आदी कारणले खड्काको पनि उठबस राजवशींह?संग भएको हुँदा नक्सालसंग बढ्यो । राजनीतिक ?पमा २०२४ सालदेखीनै  उनी  अण्डरग्राउण्ड अर्थात भुमिगत भइसकेका थिए । २५ – २६ सालतिर दुई पटक सम्म प्रहरीको फन्दामा परे उनी । तर एक पटक ५ दिन र अर्को पटक १७ दिन मात्रै थुनामा बसेर निस्किन सफल भए ।

२०२७ सालतिर देखी चर्किएको झापा विद्रोहका क्रममा उनी भागि भागि संगठन विस्तार र राजनीतिक चेतना अभिवृद्धीमा लागेका थिए । २०३० सालको बैशाख जेठ तिर उनी गरामनीबाटै पक्राउ परे । तत्कालिन शासकह?ले उनलाई यहाँबाट काठमाडौंको नक्खु जेल पुरयायो । उनीसंगै थिए  सीपी मैनाली, जीवन मगर, नारद वाग्ले, भिष्म धिमाल, धर्म घिमिरे, नरेश खरेल लगायत १५ जना वमा नेताह? । उनी २०३३ मा नक्खु जेल ब्रेक गरेर निस्किएपछि  राजनीतिक सांगठनिक जिम्मेवारीसहित झापा फर्किए । प्रहरीको खोजीमा रहेका खड्कालाई त्यसबेला क्षयरोग लाग्यो । उनी भारतको नक्सालतिरै दवाई ओखती गराउदै प्रवासी नेपालीह?को संगठन निर्माणमा लागे ।
अविच्छिन्न  बाम आन्दोलनमै 
झण्डै पाँच छ बर्ष सम्म भारतको बसाईपछि नेपाल फर्किएका उनले वाम राजनीतिको निरन्तरता छाडेनन् । २०५४ मा स्थानीय निकायको निर्वाचन हुँदा उनले नेकपा एमालेबाट घेराबारी गाविसको अध्यक्ष पदमा उम्मेद्धार भई पार्टीलाई गाउँको राजनीतिमा स्थापीत गराए । त्यस लगत्तै तत्कालिन बिद्रोही नेकपा माओवादीको नेतृत्वमा पश्चीम नेपालबाट शु? भएको सशस्त्र जनयुद्धको रन्को लागिसकेको थियो । जनताका प्रतिनिधी बनेका खड्काको साथ विद्रोही माओवादीले भेटेपछि कम मुल्यांकनको भएन माओवादी राजनीतिमा । उनलाई पार्टीले २०५८ साल समानान्तर सत्ताको अभ्यास गरिरहेको नेकपा माओवादीले त्यसताका झापा जिल्ला जनसरकार प्रमुखको समेत जिम्मेवारी दियो खड्कालाई ।

शान्तीप्रकृयासंगै भएको २०६४ सालको पहिलो ऐतिहासिक संविधान सभामा झापा क्षेत्र नं ५ बाट उम्मेद्धार बनेका खड्का कांग्रेसका प्रखर मानिएका उम्मेद्धार केशवकुमार बुढाथोकीसंग ७१८ मत अन्तरले पराजित भए । सो पछि खड्काले पार्टीमा केन्द्रीय सल्लाहकार सदस्यको ?पमा जिम्मेवारी पाएका छन् । राजनीतिक ?पमा आफु भन्दा पछिका धेरै तल्लो दर्जाका कार्यकर्ताह?ले समेत ठुलो ठुलो जिम्मेवारी सम्हालिरहेका मात्रै छैनन राजनीतिलाई गरिखाने खेती बनाउनेह?ले अकुत सम्पति पनि कमाएका छन । तर खड्काले अहिले न  सक्रिय राजनीतिक जिम्मेवारीनै पाएका छन न त कुनै लाभको पद धारणनै गरेका छन् । मलाई राजनीतिमा लागेर सम्पति कमाउने सोच कहिल्यै आएन पनि र अब आउँदैन पनि – खड्काले भने । २ परिवारका धनी खड्काका कान्छी श्रीमती पटिट्का २ सन्तान छन् ।

श्रीमती घेराबारीमै कुटो कोदालो गर्छिन । जेठी पत्नी पटटीका पनि २ सन्तान छन । जो विर्तामोड बस्छन् । आफ्ना ४ सन्तान मध्ये एउटी छोरी सीता आफ्नै बल बुँताले नेपाल प्रहरीको हवल्दार पदमा काठमाडौंमा कार्यरत छिन् । अ? कसैले सरकारी जागिर सम्म खाएका छैनन ।  आफु यो अवस्थमा दिन गुजारा गरिरहँदा खड्कालाई एउटै पिरलो छ पार्टी भित्र हुनेखाने र पहुँचवालाका मात्रै दिन छन । पार्टी दर्शन र सिद्धान्त अनु?प व्यवहारमा देखिएन । मलाई केही चाहिएको भए २९० जनाको केन्द्रीय समिति बन्दा त म पनि पर्थे होला नि – खड्काले भने मलाई त्यो केही चाहिएन । उनी आफैंलाई बेसाहारा बनाउने गरिको राजनीतिमा लागेको प्रति कति पनि अफशोच नभएको सुनाउँछन् । मलाई जे छ यसैमा सन्तुष्ट छु । प्रस्तुती ः बिष्णु पौडेल/फिचर झापा

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर