काठमाडौं-कर्णाली प्रदेश एमाले संसदीय दलको बैठक बसेको छ । शुक्रबार भएको मतदानमा एमालेका सांसदले पार्टीको ह्वीप उल्लंघन गर्दै माओवादी सरकारलाई मत दिएपछि उनीहरुमाथि कारबाही सिफारिस गर्न बैठक बसेको हो । कर्णाली प्रदेशसभा बैठक सकिए लगत्तै एमाले संसदीय दलको बैठक बसेको हो ।विपक्षमा मतदान गरेको नेकपा एमालेका ४ सांसदले ह्वीप उल्लंघन गर्दै मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले विश्वासको मत हासिल गरेका छन् । योसँगै शाही नेतृत्वको सरकार जोगिएको हो ।
शुक्रबार कर्णाली प्रदेशसभामा भएको मतदान प्रक्रियामा शाहीको पक्षमा बहुमत सांसद उभिएका हुन् । प्रदेशसभामा कायम ३९ सांसदमध्ये २२ जना शाहीको पक्षमा उभिए । जसमा माओवादी केन्द्रका १२, नेपाली काँग्रेसका ६ र नेकपा एमालेका ४ जना सांसदले शाहीको पक्षमा मतदान गरेका छन् ।