Aamsanchar

‘दुर्घटनाको मुख्यस्थल’ जुकेकल्भर्ट

Author Image
बुधवार, कार्तिक ३, २०७३

raderबिर्तामोड

पूर्व–पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत कनकाई नगरपालिका–३ स्थित जुकेकल्भर्ट सडकखण्ड दुर्घटनाको मुख्यस्थलको रुपमा चिनिन थालेको छ ।
सो स्थानमा असोजको अन्तिम तथा कात्तिक १ गते भएको सवारी दुर्घटनामा परी तीन जनाले ज्यान गुमाएका छन् । एक साताको अवधिमा ५ वटा दुर्घटनामा परी उनीहरुले ज्यान गुमाएका हुन् भने दुई जनाको अवस्था अझै गम्भीर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
जुकेकल्भर्ट नजिकै बस स्टेण्ड राखिनु, सिटी रिक्साको व्यवस्थित पार्किङ नहुनु, ट्राफिक चेकजाँच पनि कल्भर्ट छेउमै हुनु र जामुनखाडी सीमसार क्षेत्र घुम्न आउने जोडी हतारिँदै सडक पार गर्नु दुर्घटनाको मुख्य कारण भएको सरोकारवालाको भनाइ छ । त्यहाँस्थित एक स्थानीयवासीका अनुसार बस स्टेण्ड नजिकै भएका कारण यात्रुको भीड लाग्ने र जेब्रा क्रसिङको समेत अभाव हुनु पनि दुर्घटनाको अन्य कारण हो ।
बार्षिक झण्डै तीन लाखको हाराहारीमा जामुनखाडी सीमसार क्षेत्रको अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । हतारिँदै कसैले देख्ला कि ! भनेर सडक पार गर्ने युवायुवतीका कारण पनि दुर्घटना बढेको स्थानीयको भनाइ छ । दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीले पटक–पटक जनचेतनामूलक कार्यक्रम गरेपनि कल्भर्ट छेउमै ट्राफिक जाँच गर्दा हतारिँदै सडक पार गर्ने र एक्कासि सडक जाम हुँदा दुर्घटना बढेको स्थानीयको भनाइ छ ।
दुर्घटनाबाट बच्न सो क्षेत्रमा नजिकै रहेको बस स्टेण्डलाई सारिनुपर्ने, सिटी रिक्सालाई व्यवस्थित पार्किङ गरिनुपर्ने, ट्राफिक चेकजाँच कल्भर्टको छेऊमै नभई ५ सय मिटर वरपर गरिनुपर्ने र जेब्रा क्रसिङ राख्ने हो भने त्यस क्षेत्रमा हुने गरेको दुर्घटना न्यूनीकरण हुने सञ्चारकर्मी केशव भट्टराई बताए । कात्तिक १ गते भएको सवारी दुर्घटनामा परी सुरुङ्गाका समाजसेवी व्यक्तित्व अग्नि भेटवाल र तिलविक्रम थेवेले ज्यान गुमाएका छन् । यसअघि पनि सोही क्षेत्रमा विभिन्न समयमा सवारी दुर्घटनामा परी धेरैले ज्यान गुमाइसकेका छन् ।
यता ट्राफिक प्रहरीले जिल्लाका सात स्थानलाई मुख्य दुर्घटना स्थलको रुपमा नामकरण गरेको छ । ट्राफिक प्रहरीले दमकको क्याम्पस मोड, पाडाजँुगी, डूँडामारी, माईधार, जुकेकल्भर्ट, लक्ष्मीपुर, रामचोक, वुट्टावारी, धाइजनमोड ब्ल्याकस्पर्ट एरिया (बढी सवारी दुर्घटना हुने स्थल) घोषणा गरेको छ । ती मध्येपनि पूर्व पश्चिम राजमार्गको जुकेकल्भर्ट, क्याम्पस मोड, पाडाजँुगी, रामचोक, वुट्टावारी, धाइजनमोडमा अत्यधिक दुर्घटना हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी सहायक निरीक्षक याम खड्काले बताए । ती मध्ये सबैभन्दा बढी दुर्घटना हुने स्थल जुकेकल्भर्ट रहेको ट्राफिक प्रहरीको भनाइ छ ।
यता दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक ट्राफिक प्रहरी कार्यालय झापाले मंगलवार ¥याडरगन (गति मापन यन्त्र) को प्रयोग गरेको छ ।
तीब्र गतिमा गुडेका सवारीको गति मापन गरी ८ वटा सवारीलाई ट्राफिक प्रहरीले मंगलवार कार्वाही गरेको छ । कार्वाहीमा परेका सवारीसाधनबाट प्रति सवारी पाँच सय रुपैयाँका दरले कारवाही गर्दै १४ हजार रुपैयाँ राजश्व संकलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुुख ढुण्डीराज गिरीले बताए । पूर्व क्षेत्रमा एउटा मात्र ¥याडर गन हुनु र नियमित सवारीको गति मापन गर्न नसक्दा तीब्र गतिमा गुडेका गाडीका कारण अत्यधिक सडक दुर्घटना हुने गरेको प्रहरी निरीक्षक गिरीको भनाइ छ । पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीसँग समन्वय गरी जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले अब जिल्लाका विभिन्न स्थानमा ¥याडर गनको माध्यमबाट सवारीको गतिलाई कम गराउने अभियान सञ्चालन गर्ने भएको छ ।
पूर्व–पश्चिम मुख्य राजमार्गमा गुड्ने सवारी साधनको गति प्रतिघण्टा ६० किलोमिटरभन्दा माथि गुडाउन नदिने पनि प्रहरी निरीक्षक गिरीले बताए । राजमार्गका विभिन्न स्थानमा ¥याडर गनको सहायताले तीब्र गतिमा गुडेका सवारीको गति मापन गरी तत्काल ५ सयदेखि १ हजार रुपैयाँसम्म जरिवाना गर्ने, पटक–पटक कार्वाहीमा परे लाइसेन्स नै खारेज गर्न सिफारिस गर्ने समेत गिरीले बताए । जुकेकल्भर्टमा साँघुरो बाटो भएको कारण बढी दुर्घटना हुने गरेको गिरीको भनाइ छ । कल्भर्टबाटै उत्तर र दक्षिणतर्फ ठाडा शाखा बाटो बनाइनु पनि दुर्घटनाको अर्को कारण भएको उनले बताए । यस क्षेत्रमा हुने दुर्घटना रोक्न कल्भर्टको उत्तर र दक्षिणतर्फ सहायक बाटो बनिनुपर्छ– उत्तर र दक्षिणका ठाडा बाटालाई सार्नुपर्छ, एक सय मिटर वरपर मात्र बस बिसौनी स्थल बनाइयो भने जुकेकल्भर्टमा दुर्घटना न्यूनीकरण हुन्छ– प्रहरी निरीक्षक गिरीले भने– ‘पटक–पटक कल्भर्टमा बसेका यात्रुलाई देखेर सवारी चालकले हतारिँदै सवारी कुदाएका कारण पनि दुर्घटना हुने गरेको छ ।
दई तीन जना मानिस कल्भर्टमा बसेको देखे हतारिँदै बस ड्राइभरले तँछाडमँछाड गर्छन् अनि यहाँ दुर्घटना हुन्छ– गिरीले भने– यसलाई रोक्न नगरपालिका, ट्राफिक प्रहरी र सबैभन्दा बढी सर्वसाधारण नै सचेत हुनुपर्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 58

प्रतिक्रिया (०)

सम्बन्धित खबर