Aamsanchar

वारेसनामा नै किर्ते बनाएर विर्तामोडमा जग्गा बिक्री गर्ने गिरोहका १० जना पक्राउ, ६ जना अझै फरार

Author Image
बिहिवार, वैशाख ९, २०७८

झापा – झापा विर्तामोड –१ स्थित अदुवा पुलबाट १०० मि. पश्चिम (अतिथी सदन जाने बाटो तर्फको महेन्द्र राजमार्गमा जोडिएको) स्वर्गीय टुंङगबहादुर बस्नेतको नाममा रहेको जग्गा अधिकृत वारेसनामा नै किर्ते बनाएर जग्गा बिक्री गर्ने गिरोहका १० जनालाई झापा प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ । सोहि कार्यमा संलग्न रहेका ६ जना फरार रहेको प्रहरीको भनाई छ । निजहरुले मंगलसिंह राजवंशीको नाममा अधिकृत वारेशनामा बनाएको र उक्त वारेशनामा मार्फत जिल्ला झापा बिर्तामोड न.पा ४ बस्ने रञ्जु राईको नाममा मिति २०७७ माघ २१ गते राजिनामा पास गरेका थिए।

टुंङगबहादुर बस्नेतको नाममा रहेको कित्ता नं. ४१८३ को १ कठ्ठा १३.७५ धुर जग्गा हडपेका थिए । झापा प्रहरीका अनुसार सो जग्गा किर्ते गरेर विक्रि गर्ने मुख्य नाइके गौरीगञ्ज – १ कुन्जिबारीका बलराम विश्वकर्मा (सुसिल) रहेको खुलासा भएको छ । उनी केहि वर्षदेखि विर्तामोडमा बसेर दुई नम्बरी धन्दा गर्दै आएका थिए  । प्रहरीले उपलब्ध गराएको विवरणमा विश्वकर्मा नै मुख्य नाइके भएको पाइएको छ ।

उनीसहित प्रहरीले बाह्रदशी–३ घर भई विर्तामोड –२ बस्दै आएका ३९ वर्षीय मंगलसिंह राजवंशी, नापीका पूर्व कर्मचारी एवा् नमस्ते होटल चन्द्रगडीका सञ्चालक भद्रपुर –७ का ५२ वर्षीय नविन कोइराला, जग्गा कारोवारी बाह्रदशी –५ का ५० वर्षीय लिलाधर राजवंशी, विधुत प्राधिकरण फिक्कलका कर्मचारी शिवसताक्षी –८ का भुपदेव कटुवाल, विर्तामोडमा ट्याक्टर सोरुम सञ्चादन गर्ने अर्जुनधारा –५ का ५३ वर्षीय लेखनाथ खनाल, दोभान कन्स्ट्रक्सनका सञ्चालक विर्तामोड –४ का ४३ वर्षीय गोविन्द वान्तावा (मिलन ) , विर्तामोड १० घर भई कोटिहोम बस्दै आएका ७१ वर्षीय देवी प्रसाद पाण्डे, विर्तामोड –४ कि ३३ वर्षीया रञ्जु राई र उर्लावारी– ४ का ४८ वर्षीय राजन विश्वकर्मा रहेका छन् ।

फरार हुनेहरुमा गौराहद १ का वडाध्यक्ष बलराम खरेल, मालपोत भद्रपुरका अधिकृत चेतन अधिकारी, मालपोतका तत्कालिन नासु हरी तिवारी, ओखलढुङ्गा चिशंखुगडी –७ का बेग प्रसाद कोइराला, खोटाङ हलेसी तुवाचुङग –११ का देव बहादुर विष्ट र भद्रपुर ७ का ५३ वर्षीय प्रकाश कार्की रहेका छन् । उनीहरु विरुद्ध ठगि, सरकारी छाप दस्तखत किर्ते, अपराधिक लाभ तथा संगठित अपराध मुद्धामा झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिहरेको झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिए ।

Views: 229

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लाइसेन्स वितरण धमाधम
बिहिवार, वैशाख १०, २०८३
दाङ : बबईमा पुल नहुँदा सास्ती
बिहिवार, वैशाख १०, २०८३