Aamsanchar

झापामा पोखरीमा डुबेर एक बालकको मृत्यु, अर्को एकको अवस्था गम्भीर

Author Image
शुक्रवार, वैशाख १०, २०७८

झापा-बुद्धशान्ति गाउँपालिकामा माछा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ। अर्को एक बालकको अवस्था गम्भीर छ। बुद्धशान्ति-३ स्थित विनोद मोक्तानको माछा पोखरीमा बिहीबार साँझ साढे ५ बजे स्थानीय हरिप्रसाद पौडेलका छोरा १३ वर्षीय नितेशको मृत्यु भएको प्रहरीले जनाएको छ। नितेशको शव साँझ ७ बजे फेला परेको प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाले जानकारी दिए।

विद्यालयबाट फर्किने क्रममा धनबहादुर चौहानका छोरा १४ वर्षीय सुजन र नितेश माछा पोखरीमा पौडी खेल्न गएको प्रहरीले बताएको छ। पौडी खेल्ने क्रममा दुवैजना डुबेको थिए। तीमध्ये सुजनलाई स्थानीयले उद्धार गरी उपचारका लागि लिभिङ होप अस्पताल लगिएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर