![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2021/04/jhapa.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
झापा – झापामा आज थप २६ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापा का अनुसर मंगलबार १० महिला र १६ पुरुषमा संक्रमण भेटिएको हो । मेचीनगरमा संक्रमण पुष्टि भएकाहरुमा वडा नम्बर ३, ७ र १३ का २ महिला र २ पुरुष रहेका छन् । अन्य संक्रमितहरुमा दमकमा वडा नम्बर १ र ५ का ८ जना, बिर्तामोडमा वडा नम्बर ४ र ५ का ५ जना रहेका छन् । त्यस्तै गौरादह वडा नम्बर ५ र १ का गरी ३ जना , कन्काइमा ४ र ८ नम्बर वडाका गरी ३ जना संक्रमित थपिदा अर्जुनधारा वडा नंम्बर ३ , गौरीगञ्ज वडा नंम्बर १ र झापा गाउँपालिका वडा नंम्बर ४ का गरी १/१ जनामा संक्रमण पुष्टि भएको हो । २६ जना थपिदा झापामा कोरोनाका सक्रिय संक्रमितको संख्या १ सय ९५ पुगेको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 191