Aamsanchar

विराटनगरमा नेकपा एमाले सम्वद्ध युवा संंघ नेपालको कमिटी गठन

Author Image
बुधवार, वैशाख १५, २०७८

विराटनगर । नेकपा एमाले नेपाल—खनाल पक्षले युवा संंघ नेपाल विराटनगरमहानगर कमिटी गठन भएको छ ।

प्रदेश ,जिल्ला र नगरतहमा समेत समानान्तर कमिटी बिस्तार गरिरहेको नेपाल—खनाल पक्षले बुधबार सुरेन शाक्यको अध्यक्षतामा १५१ सदस्यीय युवा संंघ नेपाल महानगर कमिटी गठन गरेको हो ।

युवा संंघ नेपाल महानगर कमितिको उपाध्यक्ष क्रमश कल्याण कटुवाल र ईश्वर माझी त्यसैगरी सचिवमा जुनु पोख्रेलसहसचिवका क्रमश ,संजय गुप्ता,निरज मल्ल,दिना यादव र कोषाध्यक्षमा रितेष गौतम रहेको छन् ।

नेकपा एमाले केन्द्रीय सदस्य एव पूर्व सामाजिक विकास मन्त्री जीवन घिमिरेको प्रमुख आतिथ्यमा एमाले विराटनगर महानगर कमिटिको कार्यलयमा समपन्न भएको थियो । मंगलबारमात्र बिमल तामाङको अध्यक्षतामा ३५ सदस्यीय
लोतान्त्रिक आदिवासी जनजाति महासंघ विराटनगरगठन भएको थियो।

नेपाल—खनाल पक्षले चैत २८ गते एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा एक सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो ।

दुवै कमिटी गठन गरेको दुई हप्तापछि सो समूहले महानगरपालिकामा आफ्नो कार्यालय स्थापना स्थापना गरी समानान्तर गतिविधि गदै आएको एमालेको नेपाल—खनाल पक्षका विराटनगर महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्रीले बताए ।

Views: 350

प्रतिक्रिया (०)

सम्बन्धित खबर