Aamsanchar

बिहेको खबर लुकाएकी मल्लिकाले अब भने बच्चा जन्माउने

Author Image
शुक्रवार, कार्तिक ५, २०७३

मुम्बई ।Mallika-Sherawat

मल्लिका सेरावतले बिहे गरेको खबर आयो । उनले आफ्ना ब्वाइफ्रेन्ड साइरिल आक्जेन्फेन्ससँग पेरिसमा गुपचुप बिहे गरेकी थिइन् ।

मल्लिकाले बिहे गरेको कुरा उनका बाबु मुकेश लम्बाले नै बताएका थिए । तर, मल्लिका भने आफूले बिहे गरेको स्वीकार गर्दिनन् ।

भारतीय समाचार एजेन्सीका अनुसार मल्लिका अब साइरिलबाट बच्चा जन्माउन चाहन्छिन् । उनका सेक्रेटरीले समेत मल्लिकाले बिहे गरेको कुरा सीधै नकार्दै आइरहेका छन् ।

फ्रान्समा बस्ने साइरिल र मल्लिका विगत दुई वर्षदेखि रिलेसनमा छन् । मल्लिकाले केही समयअघि साइरिलसँग डेटिङ गरिरहेको स्वीकार गरेको भए पनि बिहेबारे भने लुकाउँदै आएकी छिन् ।

साइरिल रियल स्टेट बिजनेसमा रहेको बताइन्छ । बिहे गरेको खुलाउन नचाहने, तर बच्चा जन्माउने योजना बुनेकी मल्लिकाको रबैयाप्रति बलिउडकर्मी छक्क परेका छन् । – एजेन्सी

Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर