Aamsanchar

गर्भपतन गराउनेको संख्या घटदै

Author Image
शुक्रवार, कार्तिक ५, २०७३

ललितपुर ।

garvawati

ललितपुर जिल्लामा गर्भपतन गराउनेको सङ्ख्या कम हुँदै गएको छ ।  लामो अवधिको अस्थायी परिवार नियोजनको साधन प्रयोग बढ्दा गर्भपतन गराउनेकोे सङ्ख्या कम भइरहेको जिल्ला जनस्वास्थ्य कार्यलयले जनाएको छ ।

आठ वर्ष पहिले यो सेवा सुरु हुँदाको सङ्ख्या भन्दा अहिले गर्भपतन गराउनेकोे सङ्ख्या आधाभन्दा कम भएको हो । आव २०७२÷७३ मा दुई हजार ४०६ महिलाले गर्भपतन गराएका छन् भने २०६५ मा सेवा सुरु हुँदा पाँच हजार ३३ महिलाले गर्भपतन गराएका थिए ।

गर्भपतन गराउने महिलाको सङ्ख्या घटदै जानु कार्यालयको सफलता भएको नर्सिङ अधिकृत अम्बिका पाण्डे बताउनुहुन्छ । बिगतमा पहिलो एकपटक सेवा लिएका महिला पटक पटक गर्भपतन गराउन आउने गर्दथे । अहिले त्यसमा पनि कमी आएको छ ।

सरकारले यो सेवा सुरु गर्दा गर्भपतन सेवा दिने सूचीकृत संस्थाहरु सहरी क्षेत्रमा मात्रै सीमित थिए । अहिले ग्रामीण क्षेत्रसम्म त्यसको पहुँच बढाइएको कार्यालयले बताएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)