Aamsanchar

पाँचथर सदरमुकाम फिदिम बजारमा आगलागि हुँदा एक घर जल्यो, ३१ लाख भन्दा बढीको क्षती

Author Image
शनिवार, वैशाख २५, २०७८

ताप्लेजुङ — पाँचथर सदरमुकाम फिदिम बजारको गोसलाइनमा शनिबार बिहान भएको आगलागिबाट दावा शेर्पाको दुई तले घर जलेको छ । घरमा भाडा गरी बसेका ६ परिवार विस्थापित बनेका छन् । यसका साथै यातायात मजदुर संघको कार्यालय पनि जलेको छ । आगलागीबाट ३१ लाख ३१ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले वताएको छ ।

आगलागीबाट खड्गबहादुर गुरुङ, कुलहादुर मगर, तारा भुजेल, मनप्रसाद सुनुवार, जितबहादुर इङबुङ इन्द्रकुमारी योक्पाङदेनको परिवार विस्थापित भएको प्रहरीको तथ्यांकमा उल्लेख छ । आगलागीमा ३ लाख ७० हजार नगद र ५ तोला चाँदी जलेको प्रहरीले जनाएको छ । आगलागीको कारण खुलाइएको छैन ।

दुई वटा दमकल र स्थानीय तथा प्रहरी र सेनाको सक्रियतामा थप फैलनबाट रोकिएको थियो । दुई वटा दमकल तत्काल परिचालित भएकाले ४० मिनेटमै आगो नियन्त्रणमा आएको उद्योग वाणिज्य संघका अध्यक्ष दिपक नेपालले वताए । आगलागी भइरहँदा २ वटा ग्याँस सिलिन्डर पड्केका थिए

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 173

प्रतिक्रिया (०)

सम्बन्धित खबर