Aamsanchar

सीईडीबी हाइड्रो पावरको साधारण सेयर बाँडफाँड, १४ लाख ५१ ह्जार ४०५ जनाको हात खाली

Author Image
शुक्रवार, वैशाख ३१, २०७८

सीईडीबी हाइड्रो पावर डेभलप्मेन्ट कम्पनी लिमिटेडको साधारण सेयर शुक्रबार बाँडफाँड भएको छ । शुक्रबार ११ बजे भर्चुअल माध्यमबाट गोलाप्रथाबाट बाँडफाँड गरिएको कम्पनीको आईपीओमा २ लाख ३४ हजार १ सय ९५ जनाले १० कित्ताको दरले शेयर हात पारेका छन् । जस मध्य ४ जना भाग्यमानी आवेदकले ११/११ कित्ताका दर सेयर पाएका छन् ।

कुल २ करोड ४७ लाख ७ हजार १०७ कित्ताका लागि १६ लाख ९० हजार ६९ जनाले दिएको आवेदनमा ४ हजार ४ सय ४२ जनाको आवेदन रद्द भएको छ भने, १६ लाख ८५ हजार ६ सय २७ जना योग्य भएकोमा २ लाख ३४ हजार १ सय ९५ जनाले मात्र सेयर पाएको विक्री प्रबन्धक सनराइज क्यापिटलले जनाएको छ । बाँकी १४ लाख ५१ ह्जार ४०५ जनाको हात खाली भएको छ ।

कम्पनीले सर्वसाधारणको लागि २५ करोड १८ लाख २३ हजार रुपैयाँ बराबरको २५ लाख १८ हजार २ सय ३० कित्ता आईपीओ निष्काशन गरेको हो । जस मध्ये ५० हजार ३ सय ६५ कित्ता कम्पनीको कर्मचारीको लागि र १ लाख २५ हजार ९ सय ११ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याइएको थियो । बाँकी रहेको २३ लाख ४१ हजार ९ सय ५४ कित्ताको सर्वसाधारणका लागि आईपीओ जारी गरिएको थियो । आईपीओको नतिजा सिडीएसको वेबसाइट, मेरो शेयर बाट र सनराइज क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 349

प्रतिक्रिया (०)

सम्बन्धित खबर