Aamsanchar

प्रधानमन्त्रीले भने : सरकार बनाउन नसक्नेहरुले अरूको सरकारलाई प्रतिगमन देख्ने ?

Author Image
शुक्रवार, वैशाख ३१, २०७८

काठमाडौं-प्रधानमन्त्री केपी ओलीले देशमा अस्थिरता चाहनेहरुले भ्रम फैलाइरहेको आरोप लगाउनुभएको छ । शुक्रबार सिंहदरबारमा प्रधानमन्त्रीको पदबहालीपछि सञ्चारकर्मीहरुसँग उहाँले सरकार बनाउन नसक्नेहरुले अरूको सरकारलाई प्रतिगमन देख्ने ? भन्दै रोष प्रकट गर्नुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘अस्थिरता चाहने तत्वले, मुलुकमा शान्ति देख्न नचाहने तत्वले लोकतान्त्रिक मूल्यमान्यता अनुसार संविधान र कानुन बमोजिम देश चल्ने कुरालाई अस्वीकार गरेर आफ्ना स्वार्थ सिद्धी गर्ने तत्वहरूले अहिले पनि देशमा प्रतिगमन भएको देख्छन् । आफूले सरकार बनाउन नसक्नु प्रतिगमन, अर्कोले सरकार बनाउनु प्रतिगमन यस्तो तथाकथित नक्कली क्रान्तिकारी ?’

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालतर्फ लक्ष्य गर्दै उहाँले प्रतिगमन भइरहेको छ भनेर मुलुकमा अस्थिरता खडा गर्न खोजेको आरोप लगाउनुभयो ।

पदबहाली गरेपछि मन्त्रीहरुलाई पहिलो निर्देशन दिँदै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणका लागि सबै शक्ति परिचालन गर्न निर्देशन पनि दिनुभयो । मुख्य समस्या नै कोरोना भएको भन्दै उहाँले भन्नुभयो, ‘अहिलेको मुख्य समस्या भनेको कोभिड १९ को नियन्त्रण हा । हामी यसलाई पराजित गर्छौं । त्यसका लागि सबै सामर्थ्य केन्द्रित गर्न जरुरी छ । यो काम सरकारले गर्नेछ ।’ कोरोनाको कारण उद्योग व्यापारमा समस्या नपरोस् भन्न सरकार सजग रहेको पनि उल्लेख गर्नुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 114

प्रतिक्रिया (०)

सम्बन्धित खबर