Aamsanchar

बुधबारे जेसीजको ‘मेरो पनि योगदान छ’ अभियानमा बराल दाजुभाईको सहयोग

Author Image
आइतवार, जेठ २, २०७८

बुधबारे । आफ्नै सचिवालय भवन निर्माणका लागि बुधबारे जेसीजले सुरु गरेको ‘मेरो पनि योगदान छ’ अभियानमा बुद्धशान्ति–१ का युवा व्यवसायी दुई दाजुभाईले सहयोग गरेका छन् ।

बुधबारे जेसीजका पुर्व अध्यक्ष समेत रहेका रमेश बराल र उनका भाइ बुधबारे जेसीज बर्ष २०२१ का महासचिव समेत रहेका सुजित बरालले जेसीज भवनको पहिलो तला निर्माणका लागि आवश्यक पर्ने ढुङ्गा, बालुवा, गिट्टी उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बुधबारे जेसीजको भवन निर्माणका लागि विभिन्न दाताबाट सहयोग जुटिरहेको भवन निर्माण समिति संयोजक नन्दकुमार याफू राईले बताएका छन् ।

५० लाख रुपैँयाको अनुमानित लागतमा निर्माण सम्पन्न हुने तीनतले भवन निर्माणका बुद्धशान्ति – १ का शिक्षासेवी ज्ञानेन्द्रप्रसाद धिमिरेको परिवारले बुद्धशान्ति– १ को नमुना चोकमा १० धुर जग्गा निशुल्क प्रदान गरेको थियो । सोहि ठाउँमा भवन बन्न लागेको हो ।

बुधबारे जेसीजले भवन निर्माण कार्य पूरा गर्न ‘मेरो पनि योगदान छ’ कार्यक्रम ल्याएपछि भवन निर्माणका लागि सहयोगी हातहरु अधि बढ्न थालेका छन् ।

भवन सबैको साझा हुने हुँदा ‘मेरो पनि योगदान छ’ कार्यक्रम अनुसार सबैको अपनत्व हुने गरी भवन निर्माण कार्य सम्पन्न गरिने बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् । सबैलाई भवन निर्माणमा सहयोग गर्न बुधबारे जेसीजले अपील समेत गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 300

प्रतिक्रिया (०)

सम्बन्धित खबर