Aamsanchar

बढ्यो सुनको मुल्य

Author Image
सोमवार, जेठ ३, २०७८

काठमाण्डौ – सुनको भाउ आज तोलामा तीन सय रुपैयाँले बढेको छ । हिजो ९२ हजार पाँच सय रुपैयाँ रहेको सुन आज तोलामा तीन सय बढेर ९२ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै, चाँदी पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँ पुगेको छ । कोरोना भाइरसको जोखिम बढ्दै गए पछि अहिले सुनको कारोबार ठप्प छ । तर, महासंघले अन्तर्राष्ट्रिय मूल्य अनुसार सुनको बजार भाउ भने तोक्दै आएको छ ।

Views: 235

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनको मूल्य बढ्याे
सोमवार, माघ २६, २०८२
अण्डाको मूल्य घट्यो
सोमवार, माघ २६, २०८२