Aamsanchar

‘एकका लागि एक अभियानले सुरुगरेको अक्सिजन बैंकको लागि वीरता लेडी जेसीजद्वारा ९० हजार सहयोग

Author Image
बुधवार, जेठ ५, २०७८

बिर्तामोड । एका लागि एक अभियानले सुरु गरेको अक्सिजन बैंकका लागि बिर्तामोडमा रहेको वीरता लेडी जेसीजले ६ थान अक्सिजन सिलिन्डर खरिद वापत ९० हजार रुपैया अभियानलाई उपलब्ध गराएको छ ।
थोपा थोपाले समुन्द्र हुन्छ भने झै लेडी जेसीजले आफ्ना सदस्यहरुबाट सानो सानो रकम र पदाधिकारीहरु मध्येबाट अध्यक्ष स्वस्तिका आचार्यले १ थान, कोषाध्यक्ष झुमा चुडालबाट १ थान, जनसम्पर्क अधिकारी टीका तिवारीले १ वटा सिलिन्डर वापतको जनही १५ हजार सहति एक मुष्ठ ९० हजारको चेक अभियनलाई प्रदान गरेको अध्यक्ष आचार्यले आमसंचारलाई बताईन् ।

बुधबार सहारा नेपाल साकोसको कार्यालयमा रहेको अभियानको सचिवालयमा उपस्थित भएर वीरता लेडी जेसीसकी अध्यक्ष स्वस्तिका आचार्यले उक्त रकम अभियानका संयोजक महेन्द्रकुमार गिरलाई उपलब्ध गराएको अभियान सचिवालय सदस्य गोपाल भट्टराईले जानकारी दिए ।

गत बर्ष एकका लागि एक अभियानले कोभिडबाट पिडित बनेका नागरिकलाई खाना खुवाउने देखि पिसिआर ल्याव स्थापना गर्दा र यस बर्ष अक्सिजन बैंक स्थापना गर्ने कार्यमा पनि वीरता लेडी जेसीज प्रत्यक्ष सहभागी रहेर मानव हितको काममा लागि परेको भन्दै अभियानका संयोजक गिरीले वीरता लेडी जेसीज परिवारलाई धन्यवाद दिएका छन् ।
गिरीले वीरता लेडी जेसीज जस्तै आम झापा जिल्ला वासी र संघ संस्थाहरुलाई अक्सिजन बैंक स्थापनार्थ एकजुट बनेर एकका लागि एक अभियानमा जोडिन अपिल गरेका छन् ।

नगद हस्तान्तण कार्यक्रममा अभियानका सहसंयोजक विनोद बस्नेत, लेडी जेसीज महासचिव हीमा पौडेल, कोषाध्यक्ष झुमा चुडाल, कार्यकारिणी उपाध्यक्ष युनिता दवाडी लगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 82

प्रतिक्रिया (०)