Aamsanchar

विद्युत् चोरी गर्ने २१ जनालाई कारबाही

Author Image
सोमवार, कार्तिक ८, २०७३

बर्दिवास।

line katdai

महोत्तरीमा नेपाल विद्युत् प्राधिकरणको बर्दिवास वितरण केन्द्रले विद्युुत् हुकिङ गर्ने २१ जनालाई पक्राउ गरी कारबाही गरेको छ ।

जिल्लाको बर्दिवास नगरपालिका–८ प्रेमनगर र भङ्गाहा–४ रामनगरमा आइतबार प्राधिकरण बर्दिवास वितरण केन्द्र, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले विद्युत् हुकिङ गर्ने २१ जनालाई पक्राउ गरी कारबाही गरेको हो ।

पक्राउ गरिएका २१ जनालाई जनही रु पाँच हजार २०० जरिवाना र विद्युत् हर्जाना असुल गरी आइन्दा विद्युत् चोरी नगर्ने सर्तमा आइतबारै अबेर राति छाडिएको बर्दिवास वितरण केन्द्रका प्रमुख सञ्जिव शर्माले जानकारी दिनुभयो ।

जिल्लामा विद्युत् चोरी ९हुकिङ० बढ्दा ट्रान्सफर्मरको क्षमताभन्दा बढी विद्युत् खपत भइ ट्रान्सफर्मर पड्कने र जल्ने समस्या बढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 133

प्रतिक्रिया (०)

सम्बन्धित खबर