Aamsanchar

मेचीनगरबाट एक महिलाको उद्धार

Author Image
शनिवार, जेठ ८, २०७८

बिर्तामोड । झापाको मेचीनगर स्थित धुलाबारीबाट एक सडक मानव महिलालाई उद्धार गरिएको छ ।

केही दिन देखि धुलाबारी क्षेत्रमा अत्यन्तै कम्जोर अवस्थामा सडक क्षेत्रमा बस्तै आएकी आफ्नो नाम ठेगाना केही भन्न नसक्ने अधवैशी एक महिलालाई आदित्य भण्डारी, कौशल कान्छो, महेश पौडेल, ध्रुवराज गौतको पहल र मेचीनगर प्रमुख विमल आचार्यको सहयोगमा ति महिलालाई माया घर इटहरीमा संरक्षणको आज लगिएको हो ।

प्रदेश सरकारले केही महिना अघि प्रदेश भरीमा रहेका सडक मानवलाई उद्धार गरिएको भनेर प्रचारबाजी गरेपनि सहर, बजारमा यि महिला जस्ता धेरै वेसहारा मानिसहरु देखिने क्रम उस्तै रहेको सडक मानव उद्धारमा खटिएका कौशल कान्छोले बताए । कान्छोले भने ‘हिजो पनि झापाको लक्ष्मीपुरबाट एकजनालाई उद्धार गरिसकेका छौं’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 13

प्रतिक्रिया (०)

सम्बन्धित खबर