Aamsanchar

पोषिलो खानेकुरा लिएर सुत्केरीका घर घरमा इटहरीकी उपमेयर

Author Image
मङ्गलवार, जेठ ११, २०७८

इटहरी । इटहरी उपमहानगरपालिकामा उपमेयर सुत्केरी भेट कार्यक्रम प्रभावकारी देखिएको छ । इटहरी अस्पतालमा सुत्केरी गराएका महिलालाई उपमेयर लक्ष्मी गौतमले पौष्टिक खाना सहित घरमै पुगेर भेटघाट गर्ने कार्यक्रम सुत्केरी भेट कार्यक्रम हो ।

उपमेयर गौतमले हिजो मात्र १० जना सुत्केरीलाई घरमै पुगेर भेट गर्नुभएको छ । दैनिक ज्यालादारी गरेर  जिविकोपार्जन गर्ने परिवारमा वन्दवन्दिले जटिलता भइरहेकोवेला पौष्टिक खाद्ययन्न सहित उपमेयर घरमै आइपुग्दा सुत्केरीहरु खुशि भएका छन ।

सुत्केरीहरुले इटहरी अस्पतालमा सुत्केरी गराएकाहरुको घरमा उपमेयर आउनुहुन्छ भन्ने सुनेका थियौं कहिले आउनुहोला भनेर वाटो कुरेर वसेको प्रतिक्रिया दिएको उपमेयर गौतमले जनाउनुभयो । उपमेयर सुत्केरी भेटघाट कार्यक्रमको प्रभावले इटहरी अस्पतालमा सुत्केरी गराउनेहरुको संख्या समेत वढेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 184

प्रतिक्रिया (०)

सम्बन्धित खबर