Aamsanchar

पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको छ : ओली (अडियो)

Author Image
आइतवार, जेठ १६, २०७८

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रैका नेताबाट देशका लागि अनिष्ट हुने काम भइरहेको बताउनुभएको छ । तेस्रो राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले संसदीय प्रणाली र दलीय प्रणालीमा विश्वमै कतै नहुने घटनामा नेपालमा भइरहेको बताउनुभयो । उहाँले नेता माधवकुमार नेपालप्रति इङ्गित गर्दै नेतृत्व नै धमिलो भएपछि कार्यकर्तामा त्यसमा प्रभाव पर्नु स्वाभाविक भएको टिप्पणी गर्नुभयो । प्रधानमन्त्री ओलीले उनीहरूले देशविरुद्ध निकै ठूलो अनिष्टको काम गरिरहेको दाबी पनि गर्नुभयो ।

Views: 206

प्रतिक्रिया (०)

सम्बन्धित खबर