Aamsanchar

राउटे समुदायका २ युवतीलाई होटलमा लगेर जाँडरक्सी खुवाइ यौन दुर्व्यवहार गर्ने ३ युवा पक्राउ

Author Image
आइतवार, जेठ २३, २०७८

काठमाण्डौ- राउटे समुदायका दुई जना युवतीलाई यौन दुर्व्यवहार गर्ने सुर्खेतका तीन युवा पक्राउ परेका छन् । सुर्खेतको गुर्भाकोट नगरपालिका-९ का ३५ वर्षका चमन घर्ती मगर, २४ वर्षका भुपेन्द्र बुढा मगर र होटल सञ्चालक २९ वर्षका मिलन पुन पक्राउ परेका जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

राउटे समुदायका दुई जना युवतीलाई होटलमा लगेर जाँडरक्सी खुवाइ यौन दुर्व्यवहार गरेको भिडियो बाहिरिएपछि उनीहरुलाई पक्राउ गरिएको कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिनुभयो । अहिले राउटे समुदाय गुर्भाकोट नगरपालिकामा बस्दै आएका छन् । घटनाको अनुसन्धान गरिरहेको र राउटे बस्तीमा प्रहरीको टोली गएको डीएसपी घर्तीले जानकारी दिनुभयो ।

Views: 265

प्रतिक्रिया (०)

सम्बन्धित खबर