Aamsanchar

किन मनाइन्छ काग तिहार ?

Author Image
बिहिवार, कार्तिक ११, २०७३

kaagकाग तिहार

कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुल्क द्वितीयासम्म पाँच दिन मनाइने यो पर्वको आरम्भ कार्तिक कृष्ण त्रयोदशीका दिन कागपूजा गरिन्छ। काग अत्यन्त चलाख पक्षी हो। काग सर्वभक्षी प्राणी हो। यसको पूजा गर्नुका विभिन्न कारण छन्। कागले सबैलाई समान दृष्टिले हेर्छ भने यसले अन्नबालीमा लाग्ने कीरा-फट्याङग्राहरू खाइदिन्छ। कागलाई यमराजको सन्देश सुनाउने यमदूतका रूपमा पनि लिइन्छ। काग यमराजको अत्यन्त प्रीय भक्त पनि हो। त्यसैगरी हाम्रो समाजमा प्रचलित काकगवेषण, काकन्याय, काकबलि आदि विविध शब्द कागसँगै सम्बन्धित छन्।

काग

काग कालो रङ्गको एक चराको नाम हो। यसलाई हिन्दी भाषा, तथा नेपालको तराई प्रदेशका भाषाहरू कौवा भनिन्छ। कागलाई संस्कृतमा काक भनिन्छ। तिहारमा (यम पञ्चकमा) पहिलो दिन कागको पूजा हुन्छ। कागलाई सबै चराहरूको बिचमा चतुर पंक्षी मानिन्छ। ज्योतिष शास्त्रका अनुसार कागलाई पूर्व सूचना दिने पंक्षीका साथै एक सन्देश वाहक पंक्षी पनि मानिएको छ। कागहरू धेरै प्रजातीका हुन्छन्। हाम्रो मुलुकमा दुई थरिका कागहरू प्राय: भेटिएका छन्, काले काग र माले काग। भनिन्छ कागको एउटा आँखा मात्र हुन्छ। यो सत्य पनि हो कागको आँखा दुईटा भए पनि एउटा आँखाले मात्र काम गरेको हुन्छ। हिन्दू मान्यताका अनुसार कागलाई बिभिन्न तान्त्रीक तथा ज्योतिष प्रयोगमा ल्याइन्छ। कागको माशु खाइदैन कुनै रोगीहरूले कागको आलो रगत र कलेजो खाएमा रोग निको हुने विश्वासका साथ कागको रगत र कलेजो खान्छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 210

प्रतिक्रिया (०)

सम्बन्धित खबर