Aamsanchar

युवा संघ प्रदेश १ कमिटि आफ्नै पार्टी शिर्ष नेताहरुको कार्य प्रति असुन्तुष्ट

Author Image
सोमवार, जेठ ३१, २०७८

झापा । विधिविधान अनुरुप समाजवादका आधारहरु निमार्णका लागि रुपान्तरित नेतृत्व तथा पार्टी शुद्धणीकरण र एकताको पक्षमा पहल गर्न सम्पूर्ण पार्टी सदस्य नेता कार्यकर्ताहरुमा युवा संघ नेपाल प्रदेश १ कमिटिले अपिल गरेको छ ।

पार्टीको ९औ महाधिवेसनबाट पारित नीति, कार्यक्रम मुताविक पार्टीको जिम्मेवारी प्राप्त नेताहरुको बैठक यथासक्य संचालन गरी महाधिवेसनको म्यान्डेट अनुसारको कार्यभार पुरा गर्नको लागि नेतृत्वलाई अनुरोध गर्दै सोमबार प्रेस विज्ञप्ती मार्फत ध्यानाकर्षण गराएको हो ।

सामुहिक निर्णय र व्याक्तिगत जिम्मेवारी को अवधारणालाई ध्यानमा राखी फुटेर होइन जुटेर अघि बढनु सबैको हितमा हुने विज्ञप्तीमा उल्लेख गरीएको छ ।

युवा संघ नेपाल प्रदेश १ कमिटि अध्यक्ष प्रत्युस आजाद राना द्वारा हस्ताक्षर गरिएको विज्ञप्तीमा आफ्नै पार्टीका नेता एंवम पार्टीको ९औ महाधिवेशनबाट निर्वाचित पदाधिकारी समेतलाई वेवास्ता गर्दा फरक राजनैतिक एजेण्डा बोकेका एंवम संघिय लोकतान्त्रिक गणतन्त्रात्मक व्यावस्थालाई समेत अस्वीकार गर्ने झुण्डहरुसँग सत्ता बचाउने झिनो आशामा राष्ट्रघातपूर्ण नागरिकता विधेयक समेत ल्याई सर्हकाय गर्नुपर्ने वाध्यता बनेको र प्रदेश सरकारहरुमा पनि क्रमस नेतृत्य गुमाउनु परिरहेको उल्लेख गरिएको छ ।

Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर