Aamsanchar

हल्दिबारीमा उधोग बाणिज्य संघ तदर्थ समिति गठन

Author Image
शनिवार, साउन २, २०७८

हल्दिवारी  । झापाको हल्दिवारी गाउँपालिका भित्र उधोग ,व्यवसाय गरि बस्ने व्यवसायीहरुको हक हितमा काम गर्ने छाता संगठन  ‘उधोग बाणिज्य संघ हल्दिवारी’  युवा व्यवसायी सुमन मैनालीको अध्यक्षतामा गठन भएको छ।

आज बसेको उधोगी तथा व्यवसायीहरुको भेलाले ९ सदस्य तदर्थ समिति गठन गरेको छ । समितिमा देहायका उधोगी व्यवसायीहरु चयन भएका छन् ।

अध्यक्ष सुमन मैनाली , सदस्यहरु कृष्ण प्रसाद प्रसाईं ,महेसलाल मेचे ,सत्येन्द्र कुमार कर्ण ,कुमार कार्की ,निरज दाहाल ,सुनिल बारकोटी ,खड्ग लावती र नेत्र बिक्रम बिमली रहेको तदर्थ समिति गठन भएको हो ।

हल्दिवारी गाउँपालिका भित्र २० भन्दा बढी ठुला उधोग संचालित छ्न भने करिव ७ सयको हाराहारीमा यहाँ व्यवसाय गरेर बस्ने व्यवसायीहरु रहेको तथ्याङक रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर