Aamsanchar

बुधबारे जेसीजको भवन निर्माणका लागि अग्रिम सहयोग जुटन सुरु

Author Image
शुक्रवार, साउन ८, २०७८

दाता ढकाल ।

बुधबारे । बुधबारे जेसीजको भवन निर्माणका लागि बुधबारे जेसीज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकालले घरभाडा बापतको २ लाख ५० हजार रूपैयाँ अग्रिम हस्तान्तरण गर्ने घोषणा गरेका छन् ।

आज पर्न गएको आफ्नो जन्मदिनको अवसरमा उनले भवन निर्माणका लागि सहयोग पुगोस् भनेर अग्रिम लगानी गर्ने बताएका हुन् ।

उनले जेसीजको भवन निर्माण भएपछि भुँईतलामा आफ्नो फार्मेसी संचालन गर्न र सो बापतको घरभाडा अग्रिम बुझाएर भवन निर्माणका लागि थप सहयोग होस् भनेर सो घोषाणा गरेको बुधबारे जेसीज भवन निर्माण उपसमिति संयोजक नन्दकुमार याफु राईले जानकारी दिए ।

५ बर्षको लागि घरभाडा बापत सो रकम ढकालले अग्रिम दिने र कम्तीमा १० बर्षका लागि ढकालले जेसीज भवनमा फार्मेसी संचालन गर्ने विषयमा बुधबारे जेसीज भवन निर्माण उपसमिति र ढकाल बिच सहमति भएको र सो सहमतिलाई जेसीजको कार्यसमिति बैठकले अनुमोदन गरिने बुधबारे जेसीजका महासचिव सुजित बरालले बताए ।

बुधबारे जेसीजको भवन निर्माणलाई थप सहज बनाउन अग्रिम लगानी गर्ने जेसीज बर्ष २०२१ का कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाललाई बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले संस्थाको तर्फबाट धन्यवाद व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 186

प्रतिक्रिया (०)

सम्बन्धित खबर