Aamsanchar

कोरोना कहर : उदयपुरमा एकै घरका बुवा, छोरा र बुहारीको निधन

Author Image
आइतवार, साउन १७, २०७८

काठमाडौं – दुई साताको बीचमा एकै परिवारका तीन जनाको कोरोना संक्रमणबाट मृत्यु भएपछि उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर २ लाई सिल गरिएको छ ।

गाईघाट-फत्तेपुर सडकखण्डको दक्षिणतर्फ पर्ने खैचनपुरलाई सिल गरिएको वडा नम्बर २ का अध्यक्ष घमानसिंह खत्रीले जानकारी दिए । प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर स्थानीय प्रहरी र टोल विकास समितिको बैठक बसेर गएराति १२ बजेदेखि साउन २४ गते राति १२ बजेसम्म वडालाई सिल गर्ने निर्णय भएको वडा अध्यक्ष खत्रीले जानकारी दिए ।

स्थानीय पोखरेल परिवारका बुवा, छोरा र बुहारीको निधन कोरोना संक्रमणबाट भएको छ । यसैगरी परिवारका अन्य सदस्यहरु पनि संक्रमित भएका छन् । वडाअध्यक्ष खत्रीले मंगलबार वा बुधबार गाउँमा पीसीआर परीक्षण गराउने तयारी भइरहेको जानकारी पनि दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर