Aamsanchar

कुटपिट गरी भाइको हत्या गरेको अभियोगमा दाजु पक्राउ

Author Image
आइतवार, साउन १७, २०७८

झापा-भाइको हत्या गरेको अभियोगमा दाजुलाई प्रहरीले पक्राउ गरेको छ । ३८ वर्षीय गणेश सुनारको कुटपिट गरी हत्या गरेको अभियोगमा खजुरा गाउँपालिका-२ एल गाउँ बस्ने ४० वर्षीय गुमान सुनारलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । मादक पदार्थ सेवन गरी उनीहरुबीच भएको सामान्य विवादमा गुमानले शुक्रबार राति कुटपिट गर्दा घाइते भइ घरमै बसेको अवस्थामा गणेशको मृत्यु भएको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 134

प्रतिक्रिया (०)

सम्बन्धित खबर