Aamsanchar

१३ वर्षीया छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ४८ वर्षीय बाबु पक्राउ

Author Image
आइतवार, साउन १७, २०७८

अर्घाखाँची –१३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा प्रहरीले बाबुलाई पक्राउ गरेको छ । पाणेनी गाउँपालिका-८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर