Aamsanchar

महिलाहरूलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा २ जना पक्राउ

Author Image
सोमवार, साउन १८, २०७८

पर्वत – जिल्ला प्रहरी कार्यालय कास्कीले महिलाहरूलाई जबरजस्ती यौन धन्दामा लगाएको आरोपमा पोखराबाट दुई जनालाई पक्राउ गरेको छ। कास्कीको पोखरा महानगरपालिका–१० घर भई वडा नं. १२ अमरसिंह चोकमा बस्ने ५३ वर्षीया सोनाम गुरुङ र वडा नं. २७ रिठ्ठेपानीका ३२ वर्षीय रोशन गुरुङलाई प्रहरीले पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी एवम्‌ प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार अमरसिंह चोकमा एस।के। खाजा घर सञ्चालन गर्दै आएकी सोनामले राम्रो काममा लगाइदिन्छु भनी महिलाहरूलाई डरत्रास देखाइ ललाइफकाई प्रलोभनमा पारेर यौन धन्दामा लगाउने गरेको पाइएको छ।

महिलाहरूलाई आफ्नो नियन्त्रणमा पारेपछि ग्राहकसँग पैसाको मोलमोलाई गरेर उनीहरूलाई जबरजस्ती यौन गतिविधिमा लगाउने र धेरै पैसा आफूले राखेर उनीहरूलाई निकै कम रकम दिएर समेत दिने गरेको डिएसपी हमालले बताए।

‘कोहीले महिलालाई दबाबमा पार्ने कोहीले पुरुष ग्राहक खोज्ने गरेको पाइएको छ, त्यसमा पनि ग्राहकसँग दुई हजार मागे भने महिलालाई ५०० दिएर आफूहरूले १५ सय राख्ने गरेको खुलेको छ,’ उनले भने, ‘महिलाहरूलाई राम्रो काम दिलाइदिने, राम्रो कमाई हुने लगायतका प्रलोभनमा पार्ने। कोहीलाई विभिन्न लोभमा फसाउने गरिएको पाइएको छ।’

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरी टोलीले पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा अनुसन्धान गरिरहेको छ। पीडित महिलालाई मनोपरामर्श गरी आफन्तको जिम्मा लगाइएको कास्की प्रहरीले बताएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर