Aamsanchar

छोराहरूलाई अंश दिन मालपोत कार्यालय पुगेकी एक वृद्धाको मृत्यु

Author Image
बिहिवार, साउन २१, २०७८

हेटौंडा – छोराहरूलाई अंश दिन जिल्ला मालपोत कार्यालय मकवानपुर पुगेकी एक वृद्धाको लाइनमा बस्दाबस्दै मृत्यु भएको छ। मकवानपुरगढी गाउँपालिका–६ सामरीकी ७८ वर्षीया पञ्चमाया गौतमको मालपोत कार्यालय परिसरमै बिहीबार मृत्यु भएको हो। छोराहरूको नाममा अंशको नामसारी गर्न मालपोत पुगेकी गौतम लाइनमै बेहोस भएर ढलेकी थिइन्।

गौतमको कार्यालय परिसरमै मृत्यु भएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक देव दासले जानकारी दिए। मालपोत पुग्दा नै उनको अवस्था अत्यन्त नाजुक रहेको मालपोत कार्यालय प्रमुख रामचन्द्र भण्डारीले बताए।

‘कार्यालय आउँदा नै छोराहरूले दुईपट्टिबाट झुण्ड्याएर ल्याएका थिए। कर्मचारीले उहाँ धेरै बिरामी हुनुहुदोरहेछ पहिला उपचार गराएर ल्याउनुस् भनेका पनि थिए तर छोराहरूले मानेनन्’ भण्डारीले भने,‘एक्कासी बेहोस भएर ढल्नुभयो र केहीबेरमै मृत्यु भयो।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 162

प्रतिक्रिया (०)

सम्बन्धित खबर