Aamsanchar

सिंगापुर पठाइदिन्छु भन्दै दुई करोड ६१ लाख ठगी गरेको आरोपमा एक जना पक्राउ

Author Image
मङ्गलवार, साउन २६, २०७८

काठमाडौं – सिंगापुर पठाइदिन्छु भन्दै दुई करोड ६१ लाख ५५ हजार रुपैयाँ ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । समृद्धि अब्रोड नामक कन्सलटेन्सीका मार्केटिङ म्यानेजर काठमाडौं महानगरपालिका-६ बौद्ध बस्ने धादिङ त्रिपुरा सुन्दरी गाउँपालिका-४ का ३९ वर्षीय दीपबहादुर गुरुङलाई प्रहरीले पक्राउ गरेको हो ।

रकम लिएर सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरी वृत्त मालिगाउँबाट खटिएको प्रहरीले गुरुङलाई पक्राउ जनाएको छ । धादिङ थाक्रे गाउँपालिका-८ का ४२ वर्षीय निमा लामाले काठमाडौं महानगरपालिका-५ हाडीगाउँमा संचालन गरेको कन्सलटेन्सीबाट करिब ७८ जनाबाट सिंगापुर रोजागारीको लागि पठाइदिने भनी भिजा प्रोसेसलगायतका लागि भन्दै रकम असुलेको आरोप छ । ठगीमा संलग्न कम्पनीका संचालकसहित अन्य चार जनाको खोजी भैरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 168

प्रतिक्रिया (०)

सम्बन्धित खबर