Aamsanchar

भद्रपुर रोटरीद्धारा ट्राफिक प्रहरीलाइ स्मार्ट मनिटर (टिभी) हस्तान्तरण

Author Image
मङ्गलवार, साउन २६, २०७८

भद्रपुर । रोटरी क्लव अफ भद्रपुरले टा«फिक प्रहरी कार्यालय चन्द्रगढीलाइ एक थान स्मार्ट मनिटर (टेलिभिजन) हस्तान्तरण गरेको छ । ट्राफिक प्रहरी कार्यालय चन्द्रगढीको सभाकक्षमा आज आयोजित संक्षिप्त कार्याक्रमका वीच ३२ इन्चको स्मार्ट मनिटर हस्तान्तरण गरीएको हो ।

मापासेका कारण पक्राउ परेका तथा ट्राफिक नियम उल्लंघन गरेकाहरुलाइ सचेतना कक्षा लिन सहयोगी सामग्रीको रुपमा उक्त मनिटर को प्रयोग गरिने चन्द्रगढीका ट्राफिक इन्चार्ज जनक तिम्सिनाले बताए ।

सो सामग्री रोटरी क्लव अफ भद्रपुरका अध्यक्ष विगत ओझा लगायत रोटरीयनहरुले इन्चार्ज तिम्सिनालाइ हस्तान्तरण गरेका हुन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 201

प्रतिक्रिया (०)

सम्बन्धित खबर