Aamsanchar

भजनकीर्तन भइरहेको बेला माइकमा करेन्ट प्रवाह भई दुई जनाको मृत्यु

Author Image
बुधवार, साउन २७, २०७८

जनकपुरधाम- धनुषामा भजनकीर्तन भइरहेको बेला माइकमा करेन्ट प्रवाह भई दुई जनाको ज्यान गएको छ।​ क्षीरेश्वरनाथ नगरपालिका-३ पर्सा टोलका बुलन यादवको घरमा भएको घटनामा दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। मृत्यु हुनेमा लक्ष्मिनिया गाउँपालिका-३ बस्ने ५५ वर्षीय बिन्दा दास र ५० वर्षीय मनिराम यादव रहेका प्रहरीले जनाएको छ।

दुवै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना विषयमा अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर