Aamsanchar

एमसिसी पास गराउन पूर्व-प्रधानमन्त्री भट्टराईको आह्वान

Author Image
सोमवार, भदौ २१, २०७८

काठमाडौं – पूर्व-प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले मिलेनियम च्यालेन्ज एकाउण्ट (एमसिसी) पास गराउन आह्वान गरेका छन्। जनता समाजवादी पार्टी (जसपा)का नेतासमेत रहेका भट्टराईले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमसिसीबारे आफ्नो धारणा राखेका हुन्।

आइतबार मध्यरातमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘यसमा राष्ट्रिय सहमति गरौँ स् उच्चस्तरीय राजनीतिक कूटनीतिक वार्तामार्फत भारतसँगका सबै विवाद हल गरी असल छिमेकी बनौं, चीनसँगका, पारवहनलगायत सम्झौता कार्यान्वयन गरौँ, अमेरिकीसँग चिठी आदानप्रदानसहित एमसिसी कार्यान्वयन गरौं। युवा देशमा बसे र समृद्धि भए नै राष्ट्रियता बच्रेछ भन्ने बुझौँ।

Views: 283

प्रतिक्रिया (०)