Aamsanchar

भारतीय नोट माथिको प्रतिवन्धसंगै अलौंचीको कारोवार ठप्प

Author Image
आइतवार, कार्तिक २८, २०७३

बर्तामोड ।

?

?

५०० र १००० का भारतीय नोट माथिको प्रतिवन्धसंगै अलौंचीको कारोवार ठप्प भएको छ । अलौंची व्यवसायी महासंघ केन्द्रीय कार्यसमितिले  बिर्तामोडमा पत्रकार सम्मेलनको आयोजना गर्दै कारोवार ठप्प भएकाले केही समय धैर्य गर्न व्यवसायी र कृषकलाई आग्रह समेत गरेको छ ।
महासंघका अध्यक्ष निर्मल भट्टराईले केही समय अलौंची आफैंसंग राख्न व्यवसायी र कृषकलाई आग्रह गर्नुभयो । यो मौका छोपेर कालोवजारी बढ्नुका साथै विभिन्न भ्रम फैंल्याउने कार्य भइरहेको भन्दै अध्यक्ष भट्टराईले त्यस प्रति सचेत रहनपनि आग्रह गर्नुभयो ।
नेपालमा उत्पदित अलौंचीले टे«ड मार्ग नपाईरहेको अबस्थामा यसको मुख्य वजार भारत रहेको तर ५०० र १००० का भारतीय नोटमाथि प्रतिवन्धसंगै कारोवार ठप्प भएको उहाँको भनाई छ ।
नेपालमा उत्पादित अलौंची मध्ये ८९ प्रतिशत भारतीय बाटो हुँदै तेस्रो देश निर्यात हुने गरेको र भारतीय व्यवपारीले अलौंची नकिन्दा यहाँ कारोवार ठप्प भएको महासंघका महासचिव ओमकृष्ण विमलीले बताउनुभयो । उहाँले गत वर्ष ५ हजार ५ सय मेट्रिकटन अलौंची निर्यात भएको बताउँदै अहिले भारुमा प्रतिवन्धसंगै कृषक र व्यवसायी चिन्तित बनेको बताउनुभयो ।

केही समय अघिसम्म अलौची प्रतिमन ८० हजार रुपैयाँमा कारोवार भएपनि अहिले अलौंचीको मूल्य ५५ हजार रुपैयाँ भन्दा तल आएको उहाँको भनाई छ ।  नेपालका १७ जिल्लामा अलौंचीको व्यवसायीक खेती हुने गरेको र वार्षिक ४ अरव भन्दा बढीको अलौंची भारत लगायत तेस्रो देश निर्यात हुने गरेको अध्यक्ष भट्टराईले बताउनुभयो ।
सरकारी तथ्याङ्क अनुसार नेपालमा वार्षिक ५ हजार मेट्रिक टन अलौंची उत्पादन हुँदै आएको र वर्षेनी यो व्यवसाय गर्ने कृषकको संख्या बढ्दै गएकाले उत्पादन पनि बढ्दै गएको कोषाध्यक्ष सुवास भट्टराईले बताउनुभयो ।
अलौंचीव्यवाय गर्न नेपालमा आठ सय व्यवसायी संगठित भएर कारोवार गरिरहेको र ४ हजार भन्दा बढीले अलौंचीको कारोवार गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर