

काठमाडौँ — प्रतिनिधिसभा बैठक रोकिएपछि छलफलमा सभामुख अग्निप्रसाद सापकोटा एमाले नेताहरुसँग छलफल गर्दै छन् । सभामुख सापकोटाले एमाले प्रमुख सचेतक विशाल भट्टराई, सचेतक शान्ता चौधरी र खगराज अधिकारीसँग छलफल गरेको सभामुखको सचिवालयले जानकारी दिएको छ । सभामुखको च्याम्बरमा भइरहेको छलफलमा कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी छन् ।
Views: 173

