Aamsanchar

अर्थमन्त्रीबाट प्रस्तुत विनियोजन विधेयक एमालेको अवरोधकाबीच पारित

Author Image
सोमवार, असोज ४, २०७८

काठमाडौं- नेकपा एमालेको नाराबाजीबीच सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक अघि बढाएका छन्। सभामुखको भूमिकालाई लिएर एमालेले निरन्तर संसद अवरोधका गर्दै आइरहेको छ।

बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रस्तुत गरेका विनियोजन विधेयक पारित भएको छ। अर्थमन्त्री शर्माले पेश गरेको विनियोजन विधेयक, २०७८ लाई पारित गरियोस्, आर्थिक विधेयक, २०७८ माथि विचार गरियोस्, आर्थिक विधेयक, २०७८ माथि दफावार छलफल र राष्ट्र ऋण उठाउने विधेयक, २०७८ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए।

अर्थमन्त्री शर्माले केपी शर्मा ओली नेतृत्वको सरकारले अध्यादेशबाट ल्याएको बजेट ३ प्रतिशत मात्रै प्रतिस्थापन गरेको बताएका छन्। बजेट पारित नहुँदा भदौ ३१ देखि सरकारको खर्च रोकिएको थियो। विनियोजन विधेयक पारित भएपछि मात्रै त्यसमा आश्रित विधेयक राष्ट्र ऋण उठाउने विधेयक र आर्थिक विधेयक प्रस्तुत भएर सैद्धान्तिक छलफल भएको छ।

प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित गरेपछि बजेट राष्ट्रियसभामा जानेछ। राष्ट्रियसभाको बैठक मंगलबार बोलाइएको छ। सोमबार बजेट निर्णयार्थ प्रस्तुत गर्नेका लागि सत्तारुढ गठबन्धनका दलहरुले सबै सांसदलाई उपस्थित हुन ह्वीप जारी गरेको थियो।

Views: 65

प्रतिक्रिया (०)