Aamsanchar

दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद् विस्तार हुन्छ : यादव

Author Image
सोमवार, असोज ४, २०७८

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले दल विभाजनसम्बन्धी अध्यादेश खारेज गरेर मात्रै मन्त्रिपरिषद् विस्तार हुने बताएका छन्। 

प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै उनले भने, ‘दल विभाजनसम्बन्धी अध्यादेशले दलहरूलाई अस्थिर बनाउने, विभाजन गर्ने तथा विकृति फैलाउने भएकाले यसको खारेजी गर्नुपर्छ।’  गठबन्धन दलहरूबीच हालसम्म मन्त्रालयको बाँडफाँड पनि नभएको उनले दाबी गरे। 

अध्यक्ष यादवले भने, ‘पहिलो कुरा,सरकारलाई पूर्णता दिनका लागि मन्त्रालयको बाँडफाँड हुनुपर्छ। त्यो भइसक्या छैन। दोस्रो, यो दलसम्बन्धी ल्याएको अध्यादेश यो खारेज हुन्छ। त्यो खारेज हुनेबित्तिकै मन्त्रिपरिषद् बिस्तार हुन्छ। सरकारले पूर्णता पाउँछ। हामी यसलाई चाँडै गछौँ।’

Views: 200

प्रतिक्रिया (०)

सम्बन्धित खबर