Aamsanchar

९ कक्षा पढेर डाक्टर बनेका अनुप प्रहरीको फन्दामा

Author Image
मङ्गलवार, कार्तिक ३०, २०७३

काठमाडौं,

1467552603Fake-doctor

नौ कक्षा पास गरेका तर आफूलाई डाक्टर भएको भन्दै ठग्ने एक जना प्रहरीको फन्दामा परेका छन् । पाटन अस्पताल र नेपाल मेडिकल कलेज जोरपाटीमा आफू डाक्टर भएको, बेलायतको पिआर पाएको भन्दै बेलायत पठाइदिने भनेर ६ जनालाई ठग्ने ललितपुर पाटनका अनुप गोविन्द बैद्यलाइ ललितपुर प्रहरीले पक्राउ गरेको हो ।

उनले बेलायतमा राम्रो जागिर लगाइदिने भन्दै ६ जनाबाट ८ लाख ९० हजार रुपैयाँ उठाएका थिए । बैद्यको साथबाट बेलायतको नक्कली पिआर, नक्कली एटिएम, पाटन अस्पताल र नेपाल मेडिकल कलेजको नक्कली कागजात, दुई वटा पासपोर्टमा लगाइएको नक्कली भिसा लगायतका सामाग्री पनि बरामद भएको प्रहरीले जनाएको छ । उनले कक्षा नौसम्म मात्र पढेको तर डाक्टर भनेर ठगी गरेको ललितपुर प्रहरी परिसरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिनुभयो ।

यस्तै मोटरसाइकल र स्कुटर चोरेर नम्बर प्लेट फेर्दै गरेको अवस्थामा  ललितपुरको गोदावरीबाट युनिस साहलाई पनि ललितपुर प्रहरीले पक्रेको छ । उनले सुकेधारा र कालीमाटीबाट बा ३१ प ८७३ नम्बरको मोटरसाइकल र कालीमाटीबाट बा ५३ प ७५१६ नम्बरको स्कुटर चोरका थिए ।

यस्तै ललितपुर प्रहरीले पत्रकार सम्मेलन गरि विभिन्न स्थानबाट १० वटा मोवाइल चोरेका सुमन आचार्यलाई पनि पक्राउ गरेको जानकारी दिएको छ । यस्तै कम्प्युटर इन्स्टिच्युडबाट मोवाइल र २ थान ल्यापटप चोरी गर्ने ३ जना पनि ललितपुर प्रहरीको फन्दामा परेका छन् । पाटन औद्योगिक क्षेत्रबाट हुन्डाइ कारका १५ लाख बराबरका पाटपूर्जा चोरी गर्ने ४ जनालाई पनि प्रहरीले पक्रेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 130

प्रतिक्रिया (०)

सम्बन्धित खबर