Aamsanchar

१० बुँदे कार्यान्वयनमा ओलीले आनाकानी गरेपछि रावल असन्तुष्ट, केन्द्रीय कमिटी बैठकबाट बाहिरिए

Author Image
आइतवार, असोज १०, २०७८

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष भीम रावल शुक्रबारबाट जारी केन्द्रीय कमिटीको बैठक कक्षबाट बाहिरिएका छन्। १० बुँदे सहमति कार्यान्वयनमा अध्यक्ष केपी शर्मा ओलीले आनाकानी गरेपछि उपाध्यक्ष रावल असन्तुष्ट छन्।

अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको इन्चार्जमा लेखराज भट्टलाई तोकेपछि रावल असन्तुष्ट छन्। रावलको असन्तुष्टि समाधान गर्नका लागि केन्द्रीय कमिटी बैठकअघि स्थायी कमिटी बैठक बसेको थियो। तर, उपाध्यक्ष रावलले कुनै प्रतिक्रिया नजनाएको उनीनिकट स्रोतले बतायो। अहिले केन्द्रीय कमिटीको बैठक जारी छ। अध्यक्ष ओलीले आफ्नो राजनीतिक प्रतिवेदनमाथि जवाफ दिइरहेका छन्।

Views: 427

प्रतिक्रिया (०)

सम्बन्धित खबर