Aamsanchar

स्थापनाको ५२ बर्षमा दुर्गापुर बजारको स्वर्ण महोत्सव समापन

Author Image
शुक्रवार, असोज २२, २०७८

कनकाई । झापाको कनकाई ७ स्थित दुर्गापुर बजारको स्वर्ण महोत्सव बर्ष समापन भएको छ ।

२०२६ साल आश्विन १२ गते आइतबारदेखि साप्ताहिक बजारको रुपमा प्रारम्भ भएको दुर्गापुर बजार ५० बर्ष पुगेको अवसरमा संचालन गरिएको स्वर्णमहोत्सव वर्ष विविध कार्यक्रमका साथ आज समापन गरिएको हो । दुई वर्षअघि नै उद्घाटन गरिएको स्वर्णमहोत्सव विविध कार्यक्रमका साथ वर्षभरी नै संचालन गर्ने गरी योजना निर्माण गरिएको भएपनि कोभिड महामारीका कारण एक बर्ष पछि हिजो समापन गरिएको हो ।

स्वर्ण महोत्सव मूल समारोह समितिका अध्यक्ष देवीप्रसाद भट्टराईको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा झापा क्षेत्र नं.४ का संघीय सांसद एल.पी.साँवा लिम्बूको प्रमुख अतिथि, झापा क्षेत्र नं.४(क) प्रदेश सभा सदस्य झलक सिंह दर्लामीको विशिष्ट आतिथ्यता रहेको थियो ।

आयोजक समितिका सदस्य शम्भु प्रसाद पोखरेलले स्वागत गर्नु भएको कार्यक्रममा वडा अध्यक्ष लिलाबहादुर कन्दङवाले कार्यक्रमको औचित्य माथि प्रकाश पार्नु भएको थियो । सो अवसरमा दुर्गापुर बजार व्यवस्थापन समितिका पूर्व अध्यक्षहरु, बजार तथा बजारमा रहेको मठ मन्दिरलाई जग्गा दान गर्नु हुने जग्गा दाताहरु, पहिलो व्यापारी, स्वास्थ्य कर्मी, ज्येष्ठ नागरिक लगायतलाई सम्मान गरिएको थियो ।

यसका साथै समितिले यस अघि संचालन गरेको विभिन्न खेलकुद कार्यक्रमका विजेताहरुलाई पदक तथा ट्रफि प्रदान गरेको थियो । सो अवसरमा कनकाई नगरपालिकाकी उपप्रमुख मञ्जु प्रसाई, कनकाई ३ का वडाअध्यक्ष रुद्रप्रसाद चिमरीया, समाजसेवी विजय साङपाङ राई, बाबुलाल अग्रवाल लगायतको शुभकामना मन्तव्य रहेको आयोजक समितिका सदस्य डिल्लीराम चापागार्इँले बताउँनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 254

प्रतिक्रिया (०)