काठमाडौं ।
ए पंक्षी उडि जा चटाक हुन गई सम्चार यो भन्दियस्
यो सम्चार भनिदिइस् पनि भने लाख वर्ष सम्म जियस्,
– कवि मोतीराम भट्ट(पिक संन्देश)
आजभन्दा करिव तीन दशकअघि कवि मोतीराम भट्टले लेखेका यी श्लोक उतिबेला भन्दा हिजोआज जिवन्त र यथार्थपरक देखिन्छ । फरक छ त केवल सञ्चारको क्षेत्रमा भएको अभुतपूर्व विकासको । उतिबेला आफ्ना पतिलाई आफ्नो पीडा र व्यथाको समाचार लगिदिन पखेटा भएको पंक्षीलाई अनुरोध गरिएको छ । यतिबेला फेसबुक, भाइवर, स्काइपलगायतमा अनुहार हेरेरै पीडा साट्न पाएका छन् ।
प्रियंकालाई दयाहाङको प्रेम प्रस्ताव !
तर, उतिबेला भन्दा अहिलेको नेपालमा वैदेशिक रोजगारीमा जानेको संख्या सयौं गुणा बढेको छ । उतिवेला यातायतको सुविधा नै नहुँदा त जीवन धान्न, ऋण तिर्न वैदेशिक रोजगारीमा जाने गरिएको महाकवि देवकोटाको प्रसिद्ध खण्डकाव्य ‘मुनामदन’ मार्फत देखाएका छन् । कवि मोतीरामले पनि ‘पिक सन्देश’ मार्फत वैदेशिक रोजगारीमा जाने पतिका घर बसेका पत्नीका यौनिक पीडालाई प्रस्ट्याएका छन् । जुन यतिबेला झन् छरपस्ट छन् ।
उतिबेला मोतीरामले नेपाली महिलाको यौनिक पीडालाई यसरी व्यक्त गरेका छन्ः–
‘रुई फूई र दुई यी तीन थोक चाहिन्छ जाडा महाँ
दुःखी छु रुई, फूई छ तर पनि दुई नहुँदा महाँ…’
हो, धेरै नेपाली महिला अहिले यस्तै पीडा भागिरहेका छन् । त्यसैले त काठमाडौं जोपाटीकी लक्ष्मी भन्छिन् ‘कति सहने, किन सहने, के ऊ त्यसै बसेको होला त ?’ ऊ त्यसै बसेको भए पो मैले पनि उसका निम्ती सहने भन्दै उनी भन्छिन् ‘सम्भोग भनेको सम र भोग मिलेर बनेको शब्द हो । ‘सम’ भनेको बराबर र ‘भोग’ भनेको उपयोग हो । इच्छा र रहर बराबर भए, उसले गर्न हुने मैले नहुने कसरी हुन्छ ?’ आफूले इच्छा नमारेको उनी स्वीकार्छिन् ।
तर, सबै महिला लक्ष्मीजस्तै खुल्ला विचार राख्ने बहुर्मुखी स्वभावका हुदैनन् । स्नाकोत्तर अध्ययनरत् मिराको भने अलिक सहनशिल हुँदै भन्छिन् ‘उसले त्यहाँ जे सुकै गरेको होस्, यहाँ मलाई माया गरे भैगो ।’ बाबुआमाको इच्छा विपरित आफूखुसी विवाह गरेकी मिरालाई उनका पतिले विवाहको चार महिना नवित्दै थानकोटमा डेरामा राखेर पैसा कमाउन विदेशिएको दुई वर्ष वितेको छ । झापा घर भएकी लक्ष्मीको भने पति विदेशिएका चार वर्ष नाघ्यो रे !
यी दुईको स्वभाव र विचार भिन्न भए पनि अनुभुती समान रहेको छ । परिवार र समाजले एक्लै बसेकी महिलालाई हेर्ने दृष्टिकोण शंकास्पदनै हुने गरेको उनीहरू बताउँछन् । छरछिमेकका युवा गिद्धे दृष्टि लगाउने परिवार शंका गर्ने स्थिती रहेको उनीहरूको अनुभव छ ।
मिरा र लक्ष्मी प्रतिनिधी पात्र मात्र हुन् । यस्तो नीयती आज हजारौं नेपाली महिलाले भोगिरहेका छन् । त्यसैले यीनै पीडालाई बुझेर होला मोतीराम पिक सन्देशमा भन्छन् ‘…पाकेको फल फाली जानु परदेश कुन शास्त्रको धर्म हो …’ ।
वैदेशिक रोजगार विभागका अनुसार यस आर्थिक वर्षको असोजसम्ममा करिव ९७ हजार नेपाली युवा वैदेशिक रोजगारीमा विभिन्न मुलुक गएका छन् । गत वर्ष ३ लाख नेपाली युवाले रोजगारीका लागि देश छोडेको तथ्यांक छ । यसमा निक्कै कम महिलाको रहेको छ ।
वैदेशिक रोजगारमा जाने अधिकांश युवा पुरुष हुने गरेका छन् । एक गैरसरकारी संस्थाले गरेको अध्ययनलाई मान्ने हो भने वैदेशिक रोजगारीमा गएका पुरुष युवामध्ये २५ प्रतिशत नवविवाहित हुन्छन् । यसले नेपालमा एक लाख बढी नवविवाहित युवती बैदेशिक रोजागारीमा गएका पतिले पठाएको पैसामा दैनिकी चलाउनेमा पर्दछन् ।
यसले विकृति पनि मौलाउँदो छ । पतिले पठाएको पैसा दुरुपयोग भएका प्रशस्त उदाहरण छन् । यसैले देशमा पुरुष वेश्याको संख्या पनि बढेको समाचारहरु आइरहन्छन् । यस्तै स्थिती रहेमा सिंगो नेपाल एक बृद्धाश्रम हुने चिन्ता पनि रहेकाले यसलाई रोक्नु पर्ने आवाज उठ्न थालिसकेको छ ।