Aamsanchar

नेकपा अर्जुनधारामा अध्यक्षको लागि तिन जना आकांक्षी, सहमतीमा सकस

Author Image
बुधवार, कार्तिक १०, २०७८

अर्जुनधारा । नेकपा एमाले स्थानीय तहको अधिवेशनको माहोल चलिरहेको छ । पार्टीले अधिकतम सहमतीको बाटो खौज्दै पालिकाहरुको नेतृत्व चयन गर्न तर्फ अधिवेशनलाई केन्द्रित बनाएको छ ।  कतिपय स्थानिय तहमा सहमतीमा नेतृत्व चुन्ने काम सम्पन्न भएको छ, भने झापाका अझै धेरै पालिकाहरुमा नेतृत्व चुन्ने काममा नेता कायकर्ताहरु लागि परिरहेका छन् । त्यस्तै झापाको अर्जुनधारा नगरपालिकामा पनि चुनावी माहोल तातेको छ । तिन जनाले अध्यक्ष पदको लागि आफूलाई उभ्याए छन् । सहमतीको प्रयास हुदाँदुदै पनि चुनावी भिडन्त हुने सम्भावना देखिएको छ ।

नेकपा एमाले अर्जुनधारा नगर कमिटीलाई नेतृत्व गर्नका लागि तीन जना पार्टीमा राम्रो छाप छोडन सफल नेताहरुले अध्यक्ष पदको लागि इच्छा देखाएका छन् ।

यस पटकको अधिवेशनबाट पार्टीलाई अगाडी बढाउनका लागि यसअघि नै अर्जुनधारा नगर कमिटीको नेतृत्व सम्हाली सकेका प्रेमसागर सापकोटाले पुनः अध्यक्ष पद दोहोर्याउने संकेत देखाएका छन् भने अर्जुनधारा नगरकै वडाहरु मध्ये सबैभन्दा धेरै विकासका काम गरेर देखाएको भनेर चर्चामा रहेका वडा नं १० का वडाध्यक्ष समेत रहेका युवा नेता बलदेवसिंह गोम्देनले अध्यक्षका लागि उम्मेद्वारी घोषणा गरेका छन् ।

त्यस्तै वडा नं. ६ का वडाध्यक्ष लोकनाथ गौतमले पनि नेतृत्व सम्हाल्ने इच्छा देखाएका छन् ।

पार्टीले भने सम्भव भएसम्म सर्वसम्मतबाट अध्यक्ष टुङ्गो लगाउने प्रयास गरिरहेको पार्टी स्रोतले जनाएको छ ।

Views: 422

प्रतिक्रिया (०)