Aamsanchar

एमाले केन्द्रीय कमिटी बैठक सुरु

Author Image
शुक्रवार, कार्तिक १२, २०७८

 काठमाण्डाै – दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलगायतका विषयमा छलफल गर्न नेकपा (एमाले) कोे केन्द्रीय कमिटीको बैठक आज शुक्रवार सुरु भएको छ ।

ललितपुरको च्यासलमा रहेकाे तुलसीलाल स्मृति भवनमा भइरहेकाे बैठकमा महाधिवेशनमा भाग लिने प्रतिनिधिको मापदण्ड र कार्यतालिकाबारे हिजाे बिहीवारको स्थायी कमिटी बैठकमा निर्णय अनुमोदन, वडा र पालिकाको अधिवेशनको रिपोर्टिङ र समीक्षाको कार्यसूची राखिएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

स्थायी कमिटीको बैठकले मापदण्डका आधारमा देशभरका सात लाख २१ हजार पार्टी सदस्यबाट एक हजार पाँच सय ३६ प्रतिनिधि छान्ने तय गरेको थियो ।

आउँदाे मङ्सिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनमा केन्द्रीय कमिटी, केन्द्रीय आयोग र सल्लाहकार परिषद्बाट दुई सय ६२ जना पदेन प्रतिनिधि हुनेछन् । यस्तै भूगोलबाट एक हजार एक सय ९६ र प्रवास क्षेत्रबाट २० तथा पार्टी निकट प्रत्येक जनसङ्गठनबाट पाँच जना प्रतिनिधि चयन हुनेछन् । 

Views: 139

प्रतिक्रिया (०)

सम्बन्धित खबर