Aamsanchar

श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठद्वारा दुबईमा कन्सुलर अफिस खोल्ने प्रतिबद्धता

Author Image
शुक्रवार, कार्तिक १२, २०७८

युएई । युएईको भ्रमणमा रहनु भएका नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री  कृष्णकुमार श्रेष्ठ (किसान) को तनहुँ सेवा समाज युएईले भब्य स्वागत गर्दै अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

दुबईको सिल्बर स्पुन रेष्टुरेन्टको सभाहलमा समपन्न भएको उक्त कार्यक्रममा मन्त्री श्रेष्ठले सम्बोधन गर्दै दुबईमा कन्सुलर अफिस खोल्ने कुरामा प्रतिबद्धता जनाउनु भएको थियो । सम्बोधनकै क्रममा बैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई सामाजिक सुरक्षा कोष अन्तर्गत समावेश गराउने, २४ घण्टामा नै गुनासो सुन्ने ब्यवस्था मिलाउने र भोलिपल्टै सुनुवाई गर्ने व्यवस्था मिलाउने बताउनु भयो ।

तनहुँ जिल्लाको प्रतिनिधित्व गर्दै नेपाल सरकारको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री जस्तो गरिमामय पदमा पदासिन भएर देश एवं जनताको सेवामा कटिवद्द मन्त्री  कृष्ण कुमार श्रेष्ठ (किसान) लाई युएईमा कार्यरत  तनहुँवासीहरूको साझा संस्था ‘तनहुँ सेवा समाज युएइ’ को तर्फबाट  सम्मान गर्दै सफल कार्यकालको लागि शुभकामना व्यक्त गरिएको थियो ।

कार्यक्रममा बिशेष अतिथिको रुपमा मन्त्री पत्नी अन्जु श्रेष्ठ, छोरा अन्कुस श्रेष्ठ, तनहुँ सेवा समाज युएईका संरक्षक दिपक खड्का, वरिष्ठ सल्लाहकार भिम नारायण श्रेष्ठ रहनु भएको थियो । यसै गरि अन्य अतिथिहरुमा सफल व्यवसायी पुर्ण गुरुङ, नेकपा (एकीकृत समाजवादी) युएईका अध्यक्ष प्रविन पोखरेल, एनआरएनए युएईका कार्यवाहक अध्यक्ष निराजन सिलवाल, एनआरएनए युएईका कोषाध्यक्ष बिकास शाही, सल्लाहकारहरु अमर रानाभाट , डोल रानामगर, बसन्त रिमाल, निबर्तामन वरिस्ठ उपाध्यक्ष प्रबिन श्रेष्ठ, समाजसेवी प्रकाश थापा रहनु भएको थियो ।

तनहुँ सेवा समाज युएईका कार्यवहाक अध्यक्ष सुरिन भुजेलको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा स्वागत मन्तव्य समाजका उपाध्यक्ष कृष सुनारले गर्नु भएको थियो भने समाजले बिगत ३ बर्ष देखि गर्दै आईरहेको  कार्यक्रमको बारेमा प्रकाश समाजका संरक्षक दिपक खडकाले पर्नुभएको थियो।

कार्यक्रम समाजका प्रमुख सल्लाहकार हिरालाल श्रेष्ठले संचालन गर्नु भएको थियो ।

मन्त्री श्रेष्ठ युएईको दुबईमा अक्टोबर २५ देखि २९ सम्म भएको अबुधाबी डाईलकको छैटौं मन्त्री स्तरीय बैठकमा भाग लिन आउनु भएको हो ।

Views: 355

प्रतिक्रिया (०)

सम्बन्धित खबर