Aamsanchar

प्रेस सेन्टर नेपाल इलामको अध्यक्षमा बुद्धमाया

Author Image
शुक्रवार, कार्तिक २६, २०७८

इलाम – प्रेस सेन्टर नेपाल इलामको अध्यक्षमा बुद्धमाया सोङ्मी निर्वाचित भएकी छन्। बिहीबार इलाम सदरमुकाममा सम्पन्न सेन्टरको पाँचौ जिल्ला सम्मेलनले सोङ्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो।

यसअघि उनी प्रेस संगठनको उपाध्यक्ष थिइन्। समितिको उपाध्यक्षमा सरिता राई र लीला सुब्बा निर्वाचित भएका छन्। समितिको सचिवमा दोस्रो कार्यकालका लागि नमिन ढकाल निर्वाचित भएका छन्।

समितिको सहसचिवमा स्मीता देवान र किरण राई तथा कोषाध्यक्षमा रोशन काफ्ले निर्वाचित भएका छन्। सदस्यहरुमा गंगा पराजुली, गोपाल गिरी, तेजबहादुर घिमिरे, धमप्रसाद जबेगू, दलबहादुर लिम्बू, नवीन फागो र अंकित बराइली निर्वाचित भएका छन्।

Views: 287

प्रतिक्रिया (०)

सम्बन्धित खबर