Aamsanchar

नेकपा एसको स्थायी कमिटी बैठक आज बस्ने

Author Image
शुक्रवार, कार्तिक २६, २०७८

काठमाडौं – नेकपा (एकीकृत समाजवादी)को स्थायी कमिटी बैठक आज बस्ने भएको छ।  बैठक नयाँबानेश्वरस्थित अर्पण ब्याक्वेटमा दिउँसो २ बजेका लागि बैठक बोलाइएको उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए।  बैठकले शनिबार र आइतबारका लागि तय गरिएको पार्टी केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने खतिवडाको भनाइ छ।

नेकपा (एकीकृत समाजवादी) ले शनिबार र आइतबारका लागि केन्द्रीय कमिटी बैठक बोलाएको छ।

Views: 227

प्रतिक्रिया (०)

सम्बन्धित खबर