Aamsanchar

पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक बस्दै

Author Image
शुक्रवार, कार्तिक २६, २०७८

काठमाडौं- नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको केन्द्रीय सदस्यहरुको बैठक शुक्रबबार दिउँसो बस्ने भएको छ । केन्द्रीय समिति बैठकमा सामूहिक धारणा बनाउन बैठक बोलाइएको हो । बिहीबार मात्रै कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले पनि आफूनिकट पदाधिकारीसँग छलफल गरेका थिए ।

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । केन्द्रीय समिति बैठकले महाधिवेशनको तयारीका लागि विभिन्न उपसमिति गठन गर्न बताइएको छ ।

कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४–२६ सम्म काठमाडौंमा हुँदैछ । कांग्रेसले वडा अधिवेशन नभएका जिल्लाहरुमा कात्तिक २७ गतेदेखि अधिवेशनका कार्यक्रम सुरु गर्ने गरी संशोधित कार्यतालिका सार्वजनिक गरिसकेको छ ।

Views: 67

प्रतिक्रिया (०)

सम्बन्धित खबर