Aamsanchar

साउदीले विशेष सीप भएका विदेशीलाई नागरिकता दिने

Author Image
शुक्रवार, कार्तिक २६, २०७८

   

काठमाण्डौ –  साउदी अरेबियाले विशेष सीप भएका विदेशी नागरिकलाई साउदी नागरिकता प्रदान गर्ने  निर्णय गरेको छ ।

डाक्टर, वैज्ञानिक, सांस्कृतिक, खेलकुद र प्राविधिक लगायतको विशेष क्षेत्रमा काम गर्ने उच्च सीप भएका विदेशी नागरिकलाई साउदीको नागरिकता प्रदान गर्न बिहीबार साउदीको शाही आदेशले अनुमति दिएको हो ।

साउदीले २०३० सम्मको आफ्नो योजनामा विदेशी नागरिकलाई साउदी नागरिकता दिने विषय समेटेको छ । 

उच्च सीप युक्त विदेशी नागरिकलाई आकर्षण गर्न र साउदीलाई ज्ञानको हब बनाउनका लागि यो कदम अघि बढाएको साउदीले जनाएको छ । 

वैज्ञानिक, डाक्टर र अन्य प्राविधिक क्षेत्रमा विदेशीहरूलाई आकर्षित गर्न र साउदीमा आकर्षण व्यापारिक वातावरणको सिर्जना गर्ने उद्देश्य साउदीले लिएको छ । 

Views: 149

प्रतिक्रिया (०)

सम्बन्धित खबर