Aamsanchar

वडाध्यक्ष संग्रौलाद्वारा क्षमायाचना

Author Image
आइतवार, कार्तिक २८, २०७८

बिर्तामोड । बिर्तामोड नगरपालिका २ का वडाध्यक्ष नगेन्द्र संग्रौलाले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेकोमा माछा पालक किसानसँग क्षमा मागेका छन् ।
आइतबार फेसबुकमार्फत संग्रौलाले माछा पालन किसानलाई लक्षित गरी लेखेको स्टाटसका कारण क्षमा मागेका हुन् । संग्रौलाले कार्तिक २४ गते झापाका माछा पोखरीमा हस्पिटलमा उत्पादित फोहोरमैला रात्रीकालिन समयमा चारो (दाना) को रुपमा हाल्ने गरेको भनि स्टाटस लेखेका थिए । उक्त स्टाटसप्रति जिल्लाका किसानले आपत्ति जनाएका थिए ।

वडाध्यक्ष संग्रौलाले बिना आधार, प्रमाण भ्रामक सूचना सम्प्रेषण गरेको माछा किसानको संस्था मेची मत्स्य व्यवसायिक कृषक समूहको दाबी थियो । आइतबार वडाध्यक्ष संग्रौलाले विज्ञप्ति जारी गरी अज्ञानवश स्टाटस लेखेको प्रति गल्ती महसुस गरेको जनाएका छन् । उनले पंगास तथा कार्प जातिका माछाहरु शाकाहारी भएको कुरा जानकारी नभएको र सुन्नमा आएको कुरा भुलवस फेसबुकमा व्यक्त गर्दा उक्त स्टाटसले माछा पालक किसानप्रति असर पर्न गएकोमा विनम्रतापूर्व क्षमायाचना गर्न चाहेको विज्ञप्तिमा उल्लेख गरेका छन् । उनले आगामी दिनमा आफू र आफ्नो निकायबाट माछा पालक किसानलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

वडाध्यक्ष संग्रौलाले ‘क्षमायाचना माग्ने क्रममा किसान, व्यवसाय सार्वभौमसत्ताका मालिक हुँन जनप्रतिनिधीले माफी माग्नु उहाँहरुको सम्मान गर्नु हो । आफूले असल नियतले केही नागरिकहरुमा भएको चर्चा र खुल्दुलीलाई स्टाट्स बनाएको थिए । स्टाट्सले सिंगो कृषक, व्यवसायमा असर पुग्न गयो, गल्ती सबैबाट हुनसक्छ गल्तीलाई सच्याउनु मेरो इमान्दारिता हो,’ तर केही व्यक्तिले जघन्य अपराध गरे झै ठानेको देख्दा र बुझ्दा दुःख लागेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 307

प्रतिक्रिया (०)

सम्बन्धित खबर